तिमी ताला म चाँबी अब खोल्ने मेरो काम

10:22 AM

(अन्नपूर्ण): रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘वृन्दावन' भदौ १७ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ।
रुद्र खनाल र कमल जीसीको लगानीमा बनेको यस चलचित्रमा राजबहादुर सानेको लेखन एवं निर्देशन रहेको छ। समाजमा हुने गरेका अन्याय, अत्याचार र थिचोमिचोविरुद्ध आवाज उठाएको यो चलचित्र नारी प्रधान, द्वन्द्वप्रधान एवं प्रेमकथामा आधारित छ।
चलचित्रमा संकट समाधानका लागि बाँदर र मानिस मिलेर शत्रुुलाई परास्त गर्न अस्त्र निर्माणका साथै जीवन कसरी सुरक्षित तुल्याउन सम्भव हुन्छ भन्ने देखाउन खोजिएको निर्माण पक्षको भनाइ छ।
शिल्पा पोखरेल, किशोर खतिवडा, दीपेन्द्र केसी, सुशील पोखरेल, प्रकाश कँडेललगायतको अभिनय रहेको चलचित्र वृन्दावनमा तालिम प्राप्त बाँदर पनि मुख्य भूमिकामा रहेको छ। चलचित्रमा रामजी लामिछानेको नृत्य, अष्ट महर्जनको द्वन्द्व, विकास चौधरी र दीपक शर्माको को संगीत रहेको छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images