छवि राज वैबाहिक सम्बन्धमा बाँधिदै, यसकारण अदालत पुगिन् रेखा थापा

7:17 AM

नायिका रेखा थापा र निर्माता छविराज ओझाविच औपचारिक रुपमै डीभोर्स भएको छ । अलग भएको करिब ४ बर्षपछि छवि र रेखाले आइतबार औपचारिक रुपमा डिभोर्स गरेका हुन् ।rekha-thapa
आइतबार जिल्ला अदालत पुगेर कागजी प्रक्रिया सकाएर दुबैले हस्ताक्षर गरेपछि यी दुई औपचारिक रुपमै अलग भएका हुन् । नायिका रेखा थापाले यो कुराको पुष्टी गरिन् ।
छवि आफैले नै रेखासँग डिभोर्सका लागि हतार गरेका थिए । श्रोतका अनुसार पारिवारिक दबाबका कारण छविले चौथो बिहे गर्ने सोच बनाएका हुन् । जसका लागि उनलाई रेखासँग डिभोर्स गर्नुपथ्र्यो । यसैले, छविले कागजी रुपमा नै अलग भएर बाटो खोलिदिन रेखालाई भनेका थिए ।
छवि एक्लो जीवन बिताएर हैरान छन् । उनको घर धरान भएपनि उनी काठमाण्डौमा लामो समयदेखि बस्दै आएका छन् । एक्लो जीवन बिताउन गाह्रो भएपछि उनले बिहे गर्ने सोच बनाएका हुन् ।
रेखा र छवि करिब १० बर्ष एकसाथ बसेपछि यी दुई अलग भएका थिए । यसपछि छविले आफूलाई निदाउनका लागि स्लिपिङ ट्याबलेट चाहिने बताउँदै आएका थिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images