नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सरकारको नेतृत्व गर्न लागिपरेको भन्ने विषयमा सत्यता नभएको बताएका छन् ।
8:15 AM![]() |
काभ्रेपलाञ्चोकको उग्रचण्डी, नालामा सहिद ढोका उद्घाटनपछि उनले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने तर त्यो सरकार केपी ओली या शेरबहादुर देउवाको नेतृत्वमा पनि हुनसक्ने बताए ।
उनले अहिले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको ओँल्याउँदै भने, ‘अहिले सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता छ । त्यसकाको आधार भनेको राष्ट्रिय सहमति हो र त्यसको नेर्तत्व सहमतिकै आधारमा जसले पनि गर्न सक्छ । यदि मेरो नाममा सहमति भए म राष्ट्रिय सरकारको नेतृत्व गर्न तयार छु ।’
उनले सरकार परिवर्तनको विषयलाई हल्का रुपमा नलिन एमालेलाई र माओवादी केन्द्रसँग मिलेर एमालेलाई देखाइदिने सोच त्याग्न काँग्रेसलाई आग्रह गरे ।
उनले सरकार परिवर्तनको विषयलाई हल्का रुपमा नलिन एमालेलाई र माओवादी केन्द्रसँग मिलेर एमालेलाई देखाइदिने सोच त्याग्न काँग्रेसलाई आग्रह गरे ।
उनले भने, ’संविधान जारी गर्न नदिन विभिन्न शक्तिले चलखेल गरिरहेका छन्, यस्तो बेलामा राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो ।’
![]() |

0 comments