दाङमा एक बालकको आफ्नै फुपूले हत्या
6:33 AM![]() |
दाङ असार २५ । दाङमा एक बालकको हत्या भएको छ । जिल्लाको बिजौरी–२ संक्राममा ८ वर्षिय बालकको हत्या भएको प्रहरीले बताएको छ ।
हिजो साँझ स्कुलबाट घर फर्केका बालकको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । बालकका बुबाआमा कामका लागि बाहिर गएका बेला मानसिक सन्तुलन गुमाएकी आफ्नै फुपूले भदै दीपक केसीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको हेमन्तपुर प्रहरी चौकी दाङले जनाएको छ ।
हत्या गरे लगतै उनी फरार रहेको प्रहरीले जनाएको छ । मृतक बालकको पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुल्सीपूरमा लगिएको छ । बालकको घाँटी र पेटमा धारिलो हतियार प्रहार भएको छ ।
![]() |


0 comments