बालुवाटारमा प्रधानमन्त्री, देउवा र प्रचण्डबीच आधा घन्टामा यस्तो भयो छलफल
8:53 PM![]() |
ष्ट्रिय सहमतिको सरकार गठनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ भएको छलफल उपलब्धिपूर्ण भने रहेन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठबीच करिब आधा घन्टा छलफल भयो । राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयन र शान्तिप्रक्रियाका बाँकी कामका विषयमा नेताहरूबीच सामान्य कुराकानी भएको स्रोतले बतायो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने, ‘नेताहरूबीच कुनै ठोस विषयमा छलफल नभएको दाबी गरे । ‘उहाँहरू राष्ट्रिय सहमतिका लागि भनेर आउनुभयो, तर त्यसमा छलफलको कुनै विषय नभएकाले भेटघाट गर्नुभो, जानुभो,’ रिमालले भने, ‘जुन बिन्दुबाट राष्ट्रिय सहमति भत्कियो, त्यहीँबाट छलफल थालौा, सहमतिका लागि एमाले सधौ तयार छ भन्ने प्रधानमन्त्रीको भनाइ हो ।’
यसअघि प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसाग मंगलबार भएको भेटमा राष्ट्रिय सहमतिको सरकार गठनको कुनै सम्भावना नदेखिएकाले सत्तामा बसेर सरकार ढाल्ने अनैतिक खेलमा नलाग्न आग्रह गरेको स्रोतले बतायो । सो भेटपछि प्रचण्डले पार्टीबाट राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारमा राख्ने विषयबारे पार्टीमा जानकारी गराएको नयाँ पत्रिका दैनिकमा समाचार छ
![]() |

0 comments