मानव तस्करमा सांसद : माओवादीले छानबिन समिति बनायो

6:06 AM

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा पार्टीका आठ सांसद तानिएपछि माओवादी केन्द्रले छानबिन समिति बनाएको छ ।
नेता अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् ।
परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पीए बनाएर असम्बद्ध व्यक्तिको नाम थपेको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको हो 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images