बालविवाह न्यूनीकरणका लागि दाङमा निम्तोे कार्ड

6:37 AM

दाङ असार २६ । पञ्चकुले गाविस कार्यालयले बाल विहान न्यूनीकरण र बालश्रम अन्त्यको सुरु गरेका अभियानलाई सफल बनाउन घर घरमा निम्तो कार्ड बितरण गरेको छ । गाविस कार्यालय सचिव चन्द्रकुमार डाँगीले १८ वर्षमुनिका बालिकालाई विवाह गर्नु गराउनु सामाजिक अपराध भएकाले त्यस्ता कार्य गाविसमा रोक्न निम्तो कार्ड बितरण गर्नुभएको हो ।

गाविसमा अझै पनि बाल विवाहमा कमी आउन नसकेको भन्दै बालविवाह न्यूनीकरणमा सञ्चालन गरिएको अभियानमा प्रतिबद्धता जनाउन निम्तो कार्ड बितरण गर्नुभएको हो । शनिबार गाविस कार्यालयले आयोजना गरेको एकदिने बालमैत्री स्थानीय शासन लागु गर्न सरोकारवालासँगको अभिमुखीकरणमा बालश्रम न्यूनीकरणका लागि पनि सबै जुट्नुपर्ने बताउनभयो ।

उक्त अवसरमा बाल सञ्जालकी सीमता शाहले बाल विवाह र बाल श्रम न्यूनीकरणमा लाग्न सबैसग गुहार माग्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस पञ्चकुले गाविस सभापति रुद्धबहादुर डाँगी, नेकपा एमालेका जगतबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी, राप्रपा नेपालका बेगमबहादुर बस्नेतले आआफ्नो पार्टीले यो अभियानमा प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै भानुभक्त माविका प्रधानाध्यापक नेकमान बस्नेत, वडा नागरिक मञ्चका टेकबहादुर भण्डारी, महिला सञ्जालका जानका खड्कालगायतले बालमैत्री स्थानीय शासन लागु गर्न आवश्यकपर्ने मुख्य सुचकअन्तर्गत बाल विवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच चन्द्रबहादुर डाँगीको अध्यक्षतमा ९ सदस्य गाविसस्तरीय बालमैत्री स्थानीय शासन गाउँ समिति गठन गरिएको छ । अभिमुखीकरण कार्यक्रमको सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो, भने सञ्चालन गाविस कार्यालयका मानबहादुर बस्नेतले गर्नुभएको थियो । शुक्रबार बालबालिकाहरुका लागि बालबिबाह र बाल श्रम बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images