सरकार परिवर्तनको निर्णयपछि प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी ! >>> {भिडियो}
1:49 AM![]() |
काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार परिवर्तन गर्नुपर्ने कारण केही नभएको र यो सरकार हटनुपर्ने केही आधार नभएको बताउनुभएको छ ।
सत्ता साझेदार नेकपा माओवादीले केन्द्रले शनिबार सके राष्ट्रिय सरकार नसके आफ्नो अथवा कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बनाउने निर्णय गरेको थियो ।
यस्तो निर्णय भएकै दिन नेपाल टेलिभिजनबाट शनिबार साप्ताहिक रुपमा प्रसारण हुँदै आएको प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन के लागि भन्दै कडा प्रश्न गर्नुभयो ।
सरकार परिवर्तन गणितको खेलले मात्र नहुने बताउदै उहाँले अहिलेको सरकार हटनु पर्ने र अर्को सरकार बन्नुपर्ने कारण नरहेको स्पष्ट पार्नुभयो । ‘मैले भन्दै आएको छु जाल झेल तिकडमको खेलमा कुनै सहमति बन्दैन् ।’
सरकार गठन गर्नु र सञ्चालन गर्नु मात्र आफ्नो उद्देश्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘संविधान कार्यान्वयन समृद्धि देश विकासमा अगाडि बढाउनु म समर्पित भएको हुँ । एमालेको ध्यान सत्तामा रहनु होइन, देशले भोगिरहेको समस्या समाधान गर्नमा छ ।’
![]() |

0 comments