प्रधानमन्त्रीलाई भेटेपछि फेरियो प्रचण्डको बोली... बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, दुई घण्टा लामो छलफलमा के-के भयो

8:27 AM

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान बालुवाटारमा भेटवार्ता भएको छ ।
काभ्रेको उग्रचण्डीनालामा शहिद गेट उद्घाटन गर्न पुगेका माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग भेट गरेर आएको बताए ।
कार्यक्रममा एमाले नेताहरुले सरकार परिवर्तनको खेलमा माओवादी लागेको आरोप लगाएपछि स्पष्टिकरण दिँदै उनले भने- ‘एमालेका साथीहरुले सरकार फेर्ने विषयलाई अन्यथा नलिनुहोला । म आजै विहान प्रधानमन्त्री केपी ओलीसँग दुई घण्टा कुरा गरेर काभ्रे आएको हुँ । तपाईहरुले भनेजस्तो माओवादी सरकार परिवर्तनको पक्षमा छैन् ।’
के–के भयो दुई घण्टा लामो छलफलमा ?
प्रधानमन्त्री भेट्न विहान १० बजेपछि बालुवाटार पुगेका प्रचण्डले ओलीलाई भेटेर सुरुमै शनिबार माओवादी बैठकले गरेको निर्णय सुनाए । त्यसपछि उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे दुई घण्टा लामो गम्भीर छलफल भएको बालुवाटार स्रोतले जनायो ।
संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय सहमतिमा जोड दिँदै आएका प्रचण्ड प्रधानमन्त्रीसँगको भेटपछि एकाएक नरम बने । जसको झल्को काभ्रेमा देखियो । जहाँ उनले बोली समेत फेरे ।
भेटमा अर्काे महत्वपूर्ण विषयमा छलफल भयो । त्यो थियो बजेट । दुबै नेताबीच असार २४ गते संसदबाट बजेट पास गर्ने विषयमा सम्झदारी भएको छ ।
भेटमा पछिल्लो राजनीतिक अवस्था र कांग्रेसको भुमिकाबारे दुबै नेताले गम्भीर चिन्ता व्यक्त गरेको बालुवाटार स्रोतले बताएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images