विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

5:29 PM

नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । 
 
भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् । सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको सङ्केत दिने कुरा यन्त्र बनाउन संलग्न विद्यार्थी अमृत सापकोटाले बताए। 
 
सूचकमध्ये पानीको प्रयोग गरी निर्माण गरिएको सूचकले पानीको सतहको तरङ्गको आधारमा भूकम्प आएको बारे जानकारी दिने गर्दछ भने स्प्रिङबाट निर्माण गरिएको दोस्रो सूचकले भूकम्पका ठाडा र तेर्सा दुवै तरङ्गलाई केन्द्रीय भू–आकर्षण सिद्धान्तका आधारमा जानकारी गराउने निर्माण टोलीका सदस्य सुनिल यादवले जानकारी दिए । 
 
कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले सो सूचक यन्त्रलाई सुपथमूल्यमा बजारमा ल्याउने जानकारी दिए । विद्यार्थीले निर्माण गरेको पहिलो सूचक यन्त्रको मूल्य एक हजार रुपैयाँ र दोस्रो सूचक यन्त्रलाई भने एक हजार ५०० रुपैयाँ पर्ने बताइएको छ । रासस 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images