कसरी सम्भव भयो चार अंकको एटिएम पिन नम्वर ?

5:32 PM

हामीले प्रयोग गर्ने गरेको एटिएम कार्डमा पिन नम्वर ४ अंकको मात्रै हुने गर्छ।
 
चार अंकको नम्वर भएकाले नै सबैले सहजै रुपमा सम्झन सक्छौँ। यदि रिचार्ज कार्डमा जस्तै धेरै अंकको पिन नम्वर हुन्थ्यो भने त्यो नम्वर सम्झन नसकेर आफूसँगै बोकेर लैजानुपर्ने बाध्यता समेत हुने थियो।  सम्झन सहज गराउने उद्देश्यले नै एटिएममा ४ डिजिट राखिएको हो। तर ४ डिजिट राख्न पनि आविश्कार गर्नेलाई कहि कतैबाट हौसला मिलेको छ। 
 
एटिएमका आविश्कारक जोन अड्रियन सेपर्ड बारोनले सुरुमा ६ वटा अंकको पिन नम्वर तय गरेका थिए।  तर उनकै श्रीमतीलाई नै ६ वटा अंक सम्झन समस्या भयो। ४ वटा अंक भने सजिलै सम्झने भइन्। त्यसपछि उनले वर्षको सालमा पनि ४ डिजिट हुने भएकाले ४ डिजिटमै पिन नम्वर हुनुपर्ने भन्ने कुरा उठाइन्। 
 
बारोनलाई श्रीमतीको कुरा ठीक लाग्यो। श्रीमतीलाई नै सम्झन समस्या हुने गरेको ६ अंक अरुलाई पनि समस्या हुन सक्ने भन्दै उनले ४ वटा अंकमा पिन नम्वर झार्ने प्रयास गरे। उनको प्रयास सफल भयो। एटिएमको पिन नम्वर ४ वा ६ डिजिटमा प्रयोग हुन थाल्यो। परीक्षण सफलपछि बारोनले यसको श्रेय आफ्नो श्रीमतिलाई दिने गरेका छन्। 
 
हाल नेपाली सबै बैंकहरुले एटिएम कार्डमा ४ वटा नम्वरको पिन उपलव्ध गराउने गर्दछन्। तर पिन नम्वरमा ६ ‘डिजिट’ भएका एटिएमहरु पनि संचालनमा छन्। 
 
भारतको ‘कोटक महिन्द्रा बैंक’सहित कतिपय देशका बैंकहरुले भने ६ वटा नम्वरकै पिन कोडमा आधारित एटिएम संचालन गरिरहेका छन्।  
 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images