प्रहरी संगठन भित्रै नक्कली एसएसपी !
8:44 AM![]() |
काठमाडौ, २४ असार । पछिल्लो समय नक्कली प्रमाणपत्रधारी डाक्टरहरु माथि कारबाही चलाएको प्रहरी संगठन भित्रैनै नक्कली अधिकृत भेटिएको छ । नेपाल प्रहरीको अस्पतालमा कार्यरत डा.महेशमान प्रधानको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा भएको छ ।
आईएस्सी र बिएस्सीको शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याएर पेश गरेको फेलापरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बि.स २०५९ जेठ २० गते प्रहरीमा भर्ना भएका उनले भर्ना हुन् आफ्नो उमेर सच्याएका फेला परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रधान बिरुद्ध मुद्दा दायर गरेको छ ।
![]() |

0 comments