बलात्कारीसँग लडेको प्रमाण नचाहिने

4:17 AM

जर्मनीको संसदले बलात्कारको परिभाषालाई व्यापक बनाउने सम्बन्धी नयाँ कानूनलाई स्विकृति दिएको छ । जस अनुसार कुनैपनि महिलाले यौन सम्पर्क गर्ने बेलामा अनिच्छा प्रकट गरी भो भनेको अवस्थामा सम्भोग भएमा त्यसलाई बलात्कार मानिनेछ ।
यसअघि कुनैपनि बलात्कृत महिलाले आफुमाथि बलात्कार भएको कुरालाई प्रमाणित गर्नका लागि बलात्कार हुने बेलामा केवल मौखिक इन्कारीले मात्र पुग्दैनथ्यो । महिला आफुमाथि बलात्कार हुन नदिनका लागि लडेकै प्रमाण चाहन्थ्ियो ।
नयाँ कानूनका अनुसार बलात्कार पीडित महिलाले आफुमाथि बलात्कार हुने बेला भौतिक रुपमा लडाइँ नगरेकै आधारमा बलात्कारी उम्किन पाउने छैनन् । महिलाको मन्जुरी बेगर भएको सेक्स जसमा यौनकार्य अघि महिलाले नो भनेकी हुन्छिन् त्यसलाई बलात्कारको सूचिमा राखिनेछ । अदालतमा बलात्कारको मुद्धा पेश हुँदा बलात्कार प्रमाणित गर्न महिलाले बलात्कारीसँग बलात्कार हुनु अघि लडेको प्रमाण दिनुपर्नेछैन आफुले सेक्स हुनुअघि बलात्कारीसँग सेक्स गर्न अस्विकार गरेको र उसले आफुमाथि जवरजस्ती गरेको मौखिम बयान दिए पुग्नेछ । यसलाई उनको स्वास्थ्य परीक्षण तथा बलात्कारीको बयानले पुष्टि गर्नुपर्नेछ । जर्मनीको तल्लो सदनले यो नयाँ कानूनलाई भारी बहुमतले पारित गरेको हो ।
जर्मनीको पूरानो कानून अनुसार महिलाले आफुमाथि यौन आक्रमणका बेला आफुलाई बचाउनका लागि बलात्कारीसँग संघर्ष गरेको अवस्थामा मात्र त्यसलाई बलात्कार भनिन्थ्यो ।
तर पछिल्लो दिनमा मादक पदार्थ सेवन गरेर बलात्कारीसँग भिड्न शारीरिक रुपमा असक्षम भएको अवस्थाका युवतीहरुमाथि बलात्कारका घटना बढ्नु तर अदालतमा पेश हुँदा  कानून अनुसार पीडित महिलाले बलात्कार हुनुअघि बलात्कारी सँग लडाइँ गरेको प्रमाण नहुुुँदा बलात्कारीहरु उम्किने गरेपछि नयाँ कानूनको माग गरिएको थियो । जस अनुसार बलात्कार पीडित महिलाले आफुमाथिको बलात्कार प्रमाणित गर्नका लागि अब बलात्कार अघि बलात्कारीसँग लडाइँ लडेको प्रमाण पेश गर्नुपर्ने छैन ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images