ओली नै तनावमा आउने कस्तो एजेण्डा पेश गरे प्रचण्डले ?

9:01 PM

एकलौटी रुपमा संयुक्त सरकार चलाएका नेकपा९एमाले०का अध्यक्ष खड्ग ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व सहमतिअनुसार सरकार चलाउन केही एजेण्डा अगाडि सारेपछि उनी तनावमा परेको बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र एमालेबीच गत वैशाख २३ गते भएको नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमतिको विषयमा कुरा उठाएपछि ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा नै आफूलाई गर्मी भएको भन्दै एसी खोल्न लगाएको बालुवाटार श्रोतले बतायो ।
नौ बुँदे सहमति कार्यान्वयन नहुनु, शान्ति प्रक्रियाका कतियप विषयमा प्रक्रिया अगाडि नबढाएको, जनयुद्धकालीन मुद्दा मिलाउन सरकारले प्रयत्न नभएकोमा माओवादीको गुनासो छ । करिब दुई सय बढी मुद्दा माओवादी नेताका विरुद्ध लगाइएको छ । एड्भोकेसी फोरम, इन्सेक जस्ता गैरसरकारी संस्था लगाएर माओवादी नेता तथा कार्यकतालाई जेल हाल्ने तयारी खड्ग ओलीले गरेका छन् । अष्टे«लियामा प्रचण्ड विरुद्ध एड्भोकेसी फोरमकी मन्दिरा शर्माले उजुरी गरेको वहिर आएको आजको जनआह्वान साप्ताहिकमा समाचार छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images