हो, परिवर्तन हुन आत्मबल चाहिन्छ । यो कुरालाई प्रमाणित गरेका छन्,विराटनगरका एक युवाले ....बिस्तारमा ।

11:20 PM

हे प्रभु । हामीलाई शान्त भाव प्रदान गर्नुहोस,जुन चिज हामी परिवर्तन गर्न सक्दैनौ त्यसलाई स्वीकार गर्न सकौ । जुन चिज हामी परिवर्तन गर्न सक्छौ त्यसलाई अझ बढी परिवर्तन गर्ने साहस प्रदान गर्नुहोस र यी दुईबीचको भिन्नता छुट्याउन सद्बुद्धि प्रदान गर्नुहोस ।, उनको दाहिने हातमा खोपिएको ट्याटुमा लेखिएको थियो ।
पातलो शरिर तर अग्लो कद । जीउ सुहाँउदिलो पहिरन अनि हातमा खोपिएका ट्याटुहरु । विराटनगर पोखरियाका ३४ बर्षिय प्रवीन बस्नेतलाई हामीले भेट्दा यस्तै देख्यौ । उनी विराटनगरमा धेरै चर्चित ब्याक्तिपनि होइनन् । उनले कुनै सेलिब्रेटीले गर्ने कामपनि गरेका छैनन् । तरपनि उनको भोगाई र परिवर्तनको बास्तविकता भने घत लाग्दो छ ।
पीडादायी जीवन
बुवाआमा प्यारो कान्छो छोरा प्रविनले विराटनगरबाटै एसएलसी पास गरे । एसएलसीपछिको पढाई शुरु भयो, बिराटनगरको जनता क्याम्पसबाट । स्वतन्त्र जीवनको शुरुवातसँगै बाक्लिएको संगतले उनका धेरै साथीहरु भए । पढाईपनि रामै थियो उनको तर एकाएक जीवनले नयाँ मोड लियो । प्रविन अब लागुऔषधको प्रयोगकर्ता हुन पुगे । साथीभाईसँगको लहैलहैले २०५७ सालबाट उनी लागुऔषधको अम्मली प्रविनको लागि सीमावर्ती जोगबनी बजार पुग्न असहज थिएन । ‘बुवा ब्यवसायी हुनुहुन्थ्यो । पैसाको खासै समस्या थिएन् । पल्सर बाइक थियो ।, विगतलाई खोतल्दै उनले भने, ‘तल तल लागेपछि जोगबनी पुग्थे । कहिले फेन्सिडल त कहिले नाईट्रोजन ट्याब्लेट खान्थे ।,
उनी नशाको दुनियामा सात बर्षसम्म रमाए । त्यो अवधिमा धरै लागुऔषधका प्रयोगकर्ता उनका साथी भए । त्यो साथ यस्तो थियो कि, न त्यहाँ धर्मको कुरा आउथ्यो, नत जात कै । न कुनै उमेरले छेक्थ्यो, नत असिना पानीले नै । जतिबेला तलतल लाग्थ्यो । त्यो बेला कुनैपनि हालतमा लागुऔषधको जोहो गर्ने उद्देश्य हुन्थ्यो । ‘जतिबेला लागुऔषध प्रयोग गर्न पाउँदिन थिए,त्यो बेला मन उदास हुन्थ्यो ।, प्रविनले अगाडी थपे, ‘उदास मनसँगै दैनिकीपनि ल्याङफ्याङ हुन्थ्यो । बास्तमा त्यो जीवन निक्कै पीडादायी थियो ।,
परिवर्तनको दिन
२०६४ साल पौष महिनाको दिन थियो । लागुऔषधले शिथिल बनाएको शरिरसँगै उनको मनपनि शिथिल बन्दै गएको थियो । गाँउ समाजमा सबैको परिवर्तन देखिरहेका प्रविनले आफुलाई भने एक्लो देखे । जीवनमा पछि परेको अनुभुति मनमा पलाएपछि परिवर्तन नै अन्तिम विकल्प भएको निष्कर्ष उनको रह्यो । उनले अरु केही सोचेनन्, परिवर्तनको संकल्प लिए र आफु एक्लै रिचमण्ड फेलोसिप ९सुधार गृह० पुगे ।
पौष ४ गते सुधार गृह पुगेका प्रविनको जीवनले परिवर्तनको बाटो समातेको थियो । जीवनबाट एक्लिएका उनलाई आत्मबलले आत्मबिश्वास दिलाएको थियो । नशामुक्त जीवन बाँच्न सकिने हिम्मत पलाएको थियो । ‘मलाई त्यो बेला सम्झदा अचम्म लाग्छ । यदि सुधार आफैबाट गर्न सकिन भने मेरो जीवन नरकिय हुनेछ ।, उत्साहित हुँदै उनले पूर्वप्रभासँग भने,‘त्यो दिन नै मेरो लागि परिवर्तनको पहिलो खुडकिलो थियो ।,
उनी लामो समय सुधार गृहमा बसे । उनको यो कदमलाई परिवारले पनि उत्तिकै सहयोग गर्यो । सात बर्षे नशाको जीवनलाई परिवर्तन गर्नु चानुचुने कुरा थिएन । तर उनले हिम्मत हारेनन् र पूर्णत त्यो जीवनलाई परिवर्तन गरे ।
सकारात्मक शुरुवात
सामाजिक, पारिबारिक र शारिरिक समस्याहरुलाई झेल्दै नयाँ जीवनको शुरुवात गरेका प्रविनले आफुलाई मात्र सुधारेनन् । उनले यस्ता समस्याबाट झेलिएका धेरै परिवारलाई खुशी बनाएका छन् । विराटनगरको महेन्द्र मोेरङ क्याम्पस छेउमा रहेको न्युलाईफ फेलोसिपका अध्यक्ष प्रविनले लागुऔषधको प्रयोगमा होमिएका करिब ८ सय प्रयोगकर्तालाई पुर्नस्थापनाको बाटो देखाएका छन् ।
२०६७ सालमा स्थापित सो संस्थाले लागुऔषधको प्रयोगकर्तालाई नशामुक्त जीवनको शुरुवात गराउन मद्दत गर्दछ । रक्सी, गाँजा, फेन्सिडल, ब्राउन सुगर जस्ता लागुऔषधका प्रयोगकर्ताका लागि पाठशाला कै रुपमा बिकसित न्युलाईफले धेरैलाई नयाँजीवन दिएको छ । सामाजिक भावले स्थापित सो संस्थामा पूर्वाञ्चलका धेरै स्थानबाट लागुऔषधका प्रयोगकर्ताहरु जीवन सुर्धान आएका छन् । ‘लागुऔषधको प्रयोगकर्तालाई समाजले गलत दृष्टिकोणबाट हेर्छ । त्यो सरासर गलत हो ।, उनले भने, ‘उनीहरुमा पनि सुधार आउछ र उनीहरुले समाजमा उदाहरणीय कार्य गर्न सक्छन् ।, सुधार गृहमा बस्ने जो कोहीलाई पनि गलत दृष्टिकोणले हेर्न नहुने उनको बुझाई छ ।
बिशेषत सुधार गृहले लागुऔषधको प्रयोगकर्तालाई हेरचाह, सन्तुलित आहार, औषधी, कक्षागत सल्लाह, ब्यायम जस्ता बिषयमा केन्द्रित गर्ने गर्दछ । त्यसैगरि लागुऔषधका बिषयमा जानकारी, आत्मबल बढाउने कार्य, आफ्नो दायित्व र कर्तब्य लगायत सामाजिक जिम्मेवारी, ब्याक्तित्व विकास जस्ता कार्यमा उत्प्रेरित गराउने गर्दछ ।
प्रविनका अनुसार सुधार गृहमा आउने सबै ठिक हुन्छन भन्ने चाहि छैन । तथ्याङ्क अनुसार करिब ४० प्रतिशतले मात्र पूर्णरुपमा लागुऔषध त्याग्ने गर्दछन् । अन्यलाई पनि बिस्तारै सुधार्न सकिने उनले बताए ।
फेरिएको पहिचान
प्रविनको पहिचान अहिले फेरिएको छ । अविवाहित उनी आउने बर्ष बिवाह गर्ने तरखरमा छन् । ‘बिवाह त गर्नु नै पर्यो त्यसैले श्रीमति पाल्न केही इलम गर्दैछु ।, आफ्नो योजना सुनाउँदै प्रविनले भने, ‘एउटा सप्लार्यसको ब्यापार शुरु गरेको छु । अहिले राम्रो नै छ, ब्यापार ।,
समाजमा स्थापित हुन समाजसेवादेखि लिएर ब्यापारमा समेत हात हालेका उनीसँग अहिलै आफ्नै मोटर छ । जीवनशैली पनि बदलिएको छ । सबैले उनलाई उच्च सम्मानका साथ हेर्न गर्छन । ‘अरु बेला त होइन्, बिग्रिएका भाईहरुका बुवा आमा जतिबेला मलाई भेटर छोरो सप्रिएको खुशी साट्नु हुन्छ त्यो बेला भने म आफुलाई सफल भएको ठान्छु ।, उत्साहित हुँदै उनले भने ।
कुराकानी कै क्रममा उनलाई एउटा फोन आयो । उनीलाई हामीबीचको संवादलाई रोकेर फोन उठाउँदै भने, ‘हुन्छ । म मेरो भाईहरुलाई पठाउँछु । राती जतिबेला घर आएपछि उस्लाई भाईहरुले फकाएर ल्याउछन् । तपाई केही चिन्ता नगर्नुहोस् ।,
उनलाई इटहरीबाट कुनै अभिभावकले फोन गरेर छोरालाई सुधार गृहमा लैजान आग्रह गरेका रहेछन् । कुरालाई बिट मादै उनी इटहरीतर्फ हानिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images