सलमान खानको सुल्तान हेर्नुअघि पढ्नैपर्ने कुरा
4:39 AM![]() |
निर्देशक अली अब्बास जफरको बलिउड फिल्म सुल्तान सलमान खानको जीवनकै सबैभन्दा उत्कृष्ट फिल्म हो । सलमान फिल्ममा पहलवान सुल्तान अली आनको भूमिकामा रहेका छन् । फिल्ममा देखिने सलमानको अभिनय, उनले गरेको ट्रनिङ, सानदार फाइट आदीले उनले गरेको मेहनग स्पष्ट झल्कन्छ । तर, यस फिल्ममा मुख्य फोकस भने सलमान खान र नायिका अनुष्का शर्माको प्रेम कहानीमा आधारित छ ।
कहानीमा हरियाणामा रहने ४० वर्षीय सुल्तान अर्थात सलमान एक ओलम्पिक च्याम्पियन कुश्तीबाज हुन्छन् । तर, विभिन्न समस्याका कारण उनले सधैभरकिा लागि कुश्ती छाड्छन् । उनकी श्रीमती आरफा अर्थात अनुष्का उनलाई छाडेर गइसकेकी हुन्छीन् । उनको जीवनमा केही बाँकी रहँदैन । यसैबीच एक द्धटना हुन्छ जसले सुल्तानलाई फ्री स्टाइल रेसलिङमा उतार्छ । उनले कुश्ती भुलेर आफ्नो गुमेको इज्जत र प्रेमिका पाउनका लागि निकै मेहनग गर्छन् र रिङमा उत्रिन्छन् ।
सुल्तान ढाई घण्टाको जबरजस्त मनोरञ्जन र सलमान खानको स्टारडमको एक पाटो हो । उनी फिल्ममा कमेडी गर्छन्, गम्भीर सीनमा छाउँछन्, फाइट गर्छन्, प्रेम गर्छन् । फिल्मको हरेक सीनमा उनलाई देख्न सकिन्छ ।
फिल्ममा विशाल–शेखरको संगीत पनि निकै राम्रो रहेको छ । रोमान्टीक गीतले फिल्मको अझ सोभा बढाइदिन्छ ।
फिल्ममा सलमान खान एक सुपरस्टार मात्र नभएर पूर्ण अभिनेता पनि बनेका छन् । यो फिल्मले यसअघिका धेरै रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ ।
![]() |

0 comments