म्याकमा सियरा एप्पलले घोषणा गरेको नयाँ अपरेटिङ सिस्टम सियरामा के के नयाँ फिचर हुनेछन् ?

5:17 AM

एप्पलले आफ्नो ल्यापटपमा प्रयोग हुने अपरेटिङ सिस्टम ओएस एक्सको ब्रान्डिङ नाम परिवर्तन गरेर सियरा राखेको छ । यही वर्षको अन्त्यतिर प्रयोगकर्ताले चलाउन पाउने सियरा ओएस एक्सकै नयाँ संस्करण हो । केही साता अघि सकिएको एप्पलको वार्षिक डेभलपर कन्फ्रेन्समा कम्पनीले सियराको घोषणा गरेको हो । सोही कन्फ्रेन्समा कम्पनीले आईफोन र आईप्याडमा प्रयोग हुने अपरेटिङ सिस्टम आईओएस टेनको घोषणा गरेको थियो ।
अबको केही महिनापछि प्रयोगकर्ताले अनुभव गर्न पाउने नयाँ अपरेटिङ सिस्टम सियराको केही फिचर एप्पलले सार्वजनिक गरेको छ । यसमा केही फिचर आईओएस टेनका फिचरसंग मिल्दोजुल्दो छन् । सियरामा केही नयाँ फिचरहरू हुनेछन् जसले प्रयोगकर्तालाई सहजता थप्नेछन् । ती मध्ये यहाँ केहीको चर्चा गरिएको छ आईफोन र आईप्याड चलाउनेहरूले सिरीको अनुभव पहिलेदेखि गर्दै आएका थिए । अब भने यो म्याकबुक सिरिजका ल्यापटप चलाउनेहरूले पनि अनुभव गर्न पाउनेछन् । चार वर्षअघि रिलिज भएको सिरी प्रयोगकर्ताको लागि पर्सनल असिस्टेन्ट हो । यसले प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार काम गर्न सक्छ । सियरामा रहने सिरीले के काम गर्छ ?
एप्पलका अनुसार सिरीले कम्युटरमा रहेको फाइल खोज्ने, ब्राउजरमार्फत सर्च गर्ने, फाइल डाउनलोड गरेर अर्को ठाउँमा सेभ गर्नेजस्ता काम प्रयोगकर्ताको निर्देशनअुनसार गर्न सक्छ । यो बाहेक फाइल अनुसारको सर्च, म्याकमा कति स्पेस छ जानकारी दिने, सेड्युल सेभ गर्ने, शब्द अनुवाद गर्ने, अलार्म लगाउने, मौसमबारे जानकारी दिने, प्लेलिस्ट बजाउने गर्न पनि सिरीलाई निर्देशन दिन सकिनेछ ।
फोटोजमा नयाँ फिचर
आईओएस टेनमा जस्तै सियरामा पनि फोटोजमा नयाँ सुविधा थपिएको छ । फोटोजमा कोलाज बनाउने, एल्बम बनाउने, भिडियोमा कन्भर्ट गर्ने काम गर्न सकिन्छ । यो सुविधा गुगलको फोटोज एपमा जस्तै छ । साथै, फोटोजमा अब्जेक्ट अनुसार सर्च गर्ने सुविधा पनि हुनेछ । जस्तो, माउन्टेन भनी सर्च गर्दा हिमाल देखिएका फोटोहरू सर्च रिजल्टमा देखिनेछ ।
यूनिभर्सल क्लिपबोर्ड
आईफोन र म्याकमा एउटै एप्पल आइडी प्रयोग गरिएको छ भने आईफोनबाट कुनै टेक्स्ट, यूआरएल वा फोटो कपी गरेर सिधैं म्याकमा कपी गर्न पनि मिल्ने सुविधा सियरा अपरेटिङ सिस्टममा हुनेछ । यो सुविधाको नाम युनिभर्सन क्लिपबोर्ड हुनेछ ।
आईक्लाउडमा स्टोरेज
सियरा अपरेटिङ सिस्टमको अर्को विशेषता भनेको यसले म्याकको डुकमेन्ट र डेस्कटपका फाइलहरू आईक्लाउडमा अटो सेभ गर्न सक्छ । यसले गर्दा एकभन्दा बढी म्याक कम्युटर प्रयोग गर्नेहरूलाई फाइल ट्रान्सफर गर्नुपर्ने झन्झट हुनेछैन । कम्युटरमा स्पेस कम भए कम प्रयोग हुने फाइलहरु आफैं आईक्लाउडमा गएर बस्नेछ । साथै, कम्युटरमा भएका डुप्लिकेट फाइलहरुसमेत डिलिट गर्न सियराले सहयोग गर्नेछ ।
म्यासेन्जरमा नयाँ डिजाइन
आईओएस १० मा जस्तै सियरामा पनि म्यासेन्जरमा पठाइएको लिन्कको पिम्यू हेर्न मिल्ने, यूट्युब भिडियोको लिंक पठाउँदा त्यहीं प्ले गर्ने सुविधा रहनेछ । साथै, यसको इमोजी र स्टिकरहरूको आकार ठूलो र आकर्षक बनाइएको छ ।
एप्पल वाचबाट अनलक
म्याकलाई अनलक गर्न एप्पल वाच पनि उपयोगी हुने भएको छ । म्याक नजिकै गएर एप्पल वाचमा पासवर्ड हानेर पनि म्याकलाई अनलक गर्न सकिन्छ । यो बाहेक सियरामा एप्पल म्युजिकको नयाँ डिजाइन हुनेछ । साथै, सफारी ब्राउजर वा आइट्यून्सबाट भिडियोलाई तानेर डेस्कटपको कुनै कुनामा लगेर प्ले गर्न सकिन्छ ।
जसले गर्दा प्रयोगकर्तालाई अर्को काम गर्दै भिडियो हेर्ने सुविधा हुनेछ । यस्तै, केही साना र केही ठूलो परिवर्तनसहित सेप्टेम्बरतिर सियरा अपरेटिङ सिस्टम सबै प्रयोगकर्ताको लागि खुला हुनेछ । यी सुविधा र नयाँ फिचर कत्तिको लाभदायी हुन्छन् भन्ने कुरा प्रयोगकर्ताले अनुभव गरेपछि थाहा पाउनेछन् ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images