अब कांग्रेस पनि ओली सरकारकै समर्थनमा, माधव नेपालले गराए यस्तो जादु
8:08 AM![]() |
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले सहमतिय सरकार गठनको पहल थालीरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने वर्तमान सरकारलाई नै कायम राख्न सहमत भएको छ । बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन भित्रै सरकार विस्तार हुने बताएको भोलीपल्टै यस्तो समाचार आएको हो ।
दुई दलका बीचमा मंसिरसम्म यही सरकारलाई कायम राख्ने सहमति बनेको स्रोतको दाबी छ । स्रोतका अनुसार लामो गृहकार्यपश्चात् मंसिरमा हुने स्थानीय निकायको निर्वाचन ओलीले गराउने र तत् पश्चात् कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गर्न एमालेले प्रस्ताव गर्ने सहमति भएको छ ।
यसका लागि एमाले बरिष्ठ नेता माधव नेपालले विशेष पहल गरेको स्रोत बताउँछ । एमाले उपाध्यक्ष भिमबहादुर रावल र कांग्रेस नेता एवं पार्टी सभापति देउवाका विश्वास पात्र रमेश लेखक र अर्का नेता अर्नुननरसिंह केसीले विगत एक महिना देखि पहल गरेका हुन् ।
स्रोतका अनुसार दुई दलवीच तिहारसम्म अहिलेकै सरकारलाई निरन्तरता दिने र त्यसपछि नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलको संयूक्त सरकार बनाउने गरी सहमति बनेको छ । यही सिलशिलामा बिहीबार साँझ देउवा सहित एमाओवादी अध्यक्ष प्रचण्ड र ओलीबीच छलफल समेत भएको थियो ।
तर, यो सहमतिका बारेमा प्रचण्डलाई जानकारी भने नरहेको स्रोत बताउँछ । नेता नेपालले संविधान कार्यान्वयन र तीन वटा निर्वाचन गराउनका लागि दुई तिहाई मत आवश्यक पर्ने र त्यसका लागि प्रमुख तीन दल एक स्थानमा रहनुपर्ने भन्दै पहल थालेका थिए ।
नेपालले यही सरकारमा समेत कांग्रेसलाई सहभागि गराउने र मंसिरमा एमालेकै प्रसतावमा देउवालाई प्रधानमन्त्री बनाउन सकिने भन्दै पहल गरेको बताइन्छ ।
तर, कांग्रेसले भने यो सरकारमा सहभागिता नजनाउने तर, सरकारलाई रचनात्मक सहयोग गर्ने बचन दिएको छ । माओवादी केन्द्रले पनि बजेट पारित नभएसम्मका लागि यही गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएको छ ।
![]() |

0 comments