यी हुन् एघार महिनामा १० अर्ब बढीको आयात हुने १३ बस्तुहरु

12:14 AM

नेपालको वैदेशिक व्यापार अवस्था कहाली लाग्दो छ । नेपालबाट निर्यात निरन्तर घटिरहेको छ । तर, आयात भने तिब्र रुपमा बढिरहेको छ ।
नेपालमा पेट्रोलियम पदार्थमात्र एक खर्ब बढीको आयात हुने गर्छ । यो आर्थिक वर्षको पहिलो ११ महिनामा भने भारतीय नाकाबन्दीले पेट्रोलियमको आयात झण्डै आधा घटेर ५८ अर्ब २२ करोडमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २ अर्बको पेट्रोलियम आयात भएको थियो ।
नाकाबन्दीका कारण यस वर्ष अधिकांश वस्तुहरुको आयात घटेको देखिन्छ । आयात घट्दा पनि १३ वस्तुहरुको आयात १० अर्बभन्दा बढीको छ । २८ वस्तुहरुको आयात १ अर्ब बढी रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ ।
चालु आवको ११ महिनामा सबैभन्दा बढी फलाम तथा स्टिल र तिनका उत्पादनहरु भित्रिएका छन् । यी बस्तुहरु ७० अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
यसैगरी पेट्रोलियम पदार्थ ५८ अर्ब २२ करोड, सवारी तथा पार्टपुर्जा ५५ अर्ब ५२ करोड, मेसिनरी तथा पार्टस् ४९ अर्ब ९३ करोड, अनाज ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
दूरसञ्चार उपकरण तथा पार्टस् २० अर्ब ८३ करोड, इलेक्ट्रोनिक्स तथा इलेक्टि्रकल इक्विपमेन्ट २९ अर्ब ३० करोड, सुन १२ अर्ब ५२ करोड, तयारी पोसाक ११ अर्ब ५८ करोड, पोलिथिन १४ अर्ब ३९ करोड, फर्मास्युटिकल्स उपकरण २४ अर्ब ३ करोड, मलखाद १३ अर्ब ८३ करोड, सोयाविन तेल १२ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images