भारतलार्इ झड्का लाग्ने गरि संसदमा उठ्यो अर्को नयाँ माग

8:08 AM

संसदमा भारतीय हस्तक्षेप रेक्न सभासदहरुले माग गरेका छन् । राष्ट्रिय जनमोर्चा नेपालका मीना पुनले नवलपरासीको सुस्ता क्षेत्रमा नदी नियन्त्रणका लागि योजना अघि बढाइरहेका बेला भारतीय सीमा सुरक्षा बलले पटकपटकले अवरोध खडा गरेकामा आपत्ति जनाउँदै उक्त मिचाह प्रवृतिको सबैले विरोध गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन ।
व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी अनिता देवकोटा रातो कार्पेटमा प्लास्टिकको गमलामा धान रोप्ने सरकारलाई किसानलाई रासायनिक मल आवश्यक पर्छ भन्ने थाहा नहुन सक्छ भनी व्यङ्ग्य गर्दै तत्काल मलखादको व्यवस्थाका लागि माग गरिन ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले कर्णाली राजमार्गअन्तर्गत जुम्ला खण्डको ठेक्का लिने ठेकेदार भागेकाले त्यसलाई पक्राउ गरी कारबाही गर्न तथा त्यसको विकल्प खोज्न सरकारलाई सुझाव दिए ।
नेकपा (माले)का कमला विश्वकर्मा भूकम्पपीडितले वर्षाको समयमा ओत लाग्न नपाएर विचल्लीमा परेको तथा खुला आकासमा बस्नुपर्दा विभिन्न रोगको चपेटामा परेको हुँदा त्यस क्षेत्रमा आवश्यक औषधिको व्यवस्था मिलाउन माग गरिन ।
नेपाली काँग्रेसका अम्बरसिंह पुनले सरकारले विभिन्न आयोजनाको नाममा बजेट दुरुपयोग गरेर पार्टीका कार्यकर्तालाई पोस्ने काम गरेकाले त्यसको अन्त्य हुन आवश्यक छ भने ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images