सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाड्ने समयसीमा तोकेका छन् ।

7:46 AM

उनले बाहिर सरकार परिवर्तनका विषयमा जेजति हल्ला चलेता पनि प्रतिपक्ष दलपनि यही सरकारमा आउने बताए । उनले भने, ‘सरकार परिवर्तनको विषयमा अहिले अनावश्यक हल्ला चलिरहेको छ । सरकार परिवर्तन नभएर सरकारमा सहभागी हुन चाहने दल पनि यही सरकारमा आउँछन् ।’

ओलीले तीन वटै निर्वाचन गराएर माघमा मात्र आफूले सरकार छाड्ने समेत बताए । धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘म पनि राष्ट्रिय सहमतिको सरकार गठनको पक्षमा छु । यही सरकारलाई बिस्तार गरी राष्ट्रिय सहमति बनाउन सकिन्छ । र, यो सरकार २०७४ माघसम्म टिक्छ ।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images