चर्को विरोध र आलोचनापछि प्रचण्ड झुके ओलीसँग, प्रचण्डले गरे यस्तो घोषणा

8:42 AM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयको गाम्भीर्यतालाई बुझ्न कांग्रेस र एमालेलाई आग्रह गरेका छन् ।
काभ्रेको नालामा आयोजीत एक कार्यक्रममा उनले सरकार फेर्ने विषयलाई अन्यथा नलिन आग्रह समेत गरेका छन् । आयोजीत कार्यक्रममा उनले भने ‘प्रधानमन्त्री ओलीसँग दुई घण्टा कुरा गरेको छु, कांग्रेसले पनि माओवादीसँग मिलेर आएपछि एमालेलाई देखाउँला भन्ने नसोच्नुहोला ।’
उनले सरकार गिराउने र बनाउने खेलले नेपाललाई कहिं पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सहमतिका लागि जोड दिए । ‘ओलीजी, शेरबहादुरजी जसमा सहमति भएपनि हुन्छ ठीक छ,’ उनले भने, ‘शान्तिप्रक्रिया पनि टुंग्याउनु छ, शान्तिप्रक्रियामा माओवादीको भूमिका रहेकाले त्यसमा पनि माओवादी तयार छ ।’
दाहालले आफू प्रधानमन्त्री हुन हतारिएको भन्ने टिप्पणीमा सत्यता नभएको पनि दाबी गरे । ‘कहि प्रचण्ड पो प्रधानमन्त्री हुन हतारिएको हो कि टिप्पणी देखिन्छन्,’ उनले भने, संविधान असफल होला भन्ने चिन्ताबाहेक अरु केही छैन ।’
उनले पुनर्निर्माण कछुवाको गतिमा अघि बढेको भन्दै एक प्रतिशत पनि काम नभएको प्रति दुःख व्यत्त गरे । मैले ओलीजीलाई प्रधानमन्त्री र सुशीलजीलाई राष्ट्रपति बनाऊ भनेको थिएँ, प्रचण्डले भने‘एमाले र कांग्रेसका साथीहरुले आफ्नो नेताहरुलाई सोध्न सक्नुहुनेछ ।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images