अफ्रिकाको बाख्रा नेपालमा

5:56 PM

जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६७ लाख अनुदान वितरण गरेको छ। 
 
पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपंक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई दुई लाखदेखि तीन लाख रुपैयाँसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डा माधव दाहालको नेतृत्वमा आज गरिएको अनुगमन तथा निरीक्षणबाट देखिएको हो। 
 
अनुगमनमा सहायक प्रजिअ गोविन्द सापकोटा, प्रमुख वन अधिकृत बोधराज सुवेदी, कोष अधिकृत दिनेश पोखरेल, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, महिला विकास अधिकृत इन्दिरा ओझा, पशुसेवा कार्यालयका डा कुमार खत्री र रासस मेची अञ्चल कार्यालयका प्रमुख मोहम्मद सदरुल लगायत सहभागी थिए । 
 
अनुगमनका क्रममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सञ्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन् । दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। 
 
उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकुल वातावरण नभए पनि बिस्तारै अनुकूल हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिने छ। 
 
यसैगरी गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवद्र्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट तीन लाख अनुदान पाउनुभएका परियोजना सञ्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल भएका छन्।  दैनिक २२५ लि दुग्ध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट ९० हजार थप अनुदान प्राप्त भएको थियो। 
 
पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यावसायिक एवम् सुदृढ बनाइने सिटौलाको भनाइ छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images