‘को होला त्यो’ गायक ? हिट गीत दिएका गुमनाम गायकको कथा
10:10 PM![]() |
को होला त्यो मसँग आँखा जुधाउने
नचिने’नि मसँग अलि लजाउने
डाँडापारिको गावैंमा
गोधूलि त्यो साँझैमा
नचिने’नि मसँग अलि लजाउने
डाँडापारिको गावैंमा
गोधूलि त्यो साँझैमा
उनको यो गीत रेडियो, टेलिभिजनमा सुन्ने र हेर्ने धेरै छन् । गीत चलेर धेरै संगीतप्रेमीको मुखमा झुन्डियोे । युट्युबकै कुरा गर्ने हो भने उनको त्यो गीत ४३ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।
तर स्वर मन पराएका कमैले चिन्छन् उनलाई । उनको परिचय दिँदा पनि उनले गाएको गीतको सन्दर्भ जोड्नुपर्छ ।
ती अभागी गायक हुन् सुनिल गिरी । जसको नाम र चर्चालाई गीतको लोकप्रियताले छोपेको छ ।
ती अभागी गायक हुन् सुनिल गिरी । जसको नाम र चर्चालाई गीतको लोकप्रियताले छोपेको छ ।
तीन वर्षअघि ‘को होला त्यो’ लोक-पप स्वादको गीतसहित नेपाली संगीतमा झुल्केका हुन् सुनिल । पहिलो गीत नै अस्वाभाविक रूपमा हिट भइदियो । स्वर निकै रुचाइयो । गीतमा शब्द र संगीत पनि उनकै थियो । तर, आजका दिनसम्म पनि उनले सांगीतिक कन्सर्टहरूमा जाँदा ‘को होला त्यो’ गाउने गायक भनेरै परिचय दिनुपर्छ । त्यसै गरी उनलाई बोलाइन्छ ।
कतिले त आफूलाई नचिनेर ‘को होला गीत क्या दामी’ भनेर प्रशंसा गरेको उनले सामुन्नेमै सुनेका पनि छन् ।
गुमनाम हुनु पर्दाको अनुभूति सुनाउँछन् – ‘गीत र स्वर चलेअनुसार किन म नछाएको होला भनेर पक्कै मनमा लाग्छ । तर, मान्छेहरुले चिन्दैनन् भनेर गुनासो पनि छैन । आखिर मैले गाएकै गीत त चलेको हो । यसमै चित्त बुझाउँछु ।’
प्रशंसकहरूले कलाकारको सिर्जना रुचाएसँगै उसका सबै क्रियाकलापमा नजर राख्छन् । बानी कस्तो छ, कहाँ बस्छ, के खान्छ, मान्छे कस्तो छ भनेर याद गर्छन् । यो कुराले बिझाउँछ उनलाई । त्यस हिसाबले बाहिर नचिन्दा ठीकै पनि लाग्छ ।
कसैले नचिन्दा सामान्य रूपमा सार्वजनिक जीवनमा रमाउन पाएको भन्दै खुसी मान्छन् उनी ।
‘कहाँ देखे-देखे जस्तो लाग्छ’
गायकभन्दा गीत हिट हुँदा सुनिलले गीत नै आफ्नो परिचय मानेका छन् । गीतभन्दा बाहिरको चिनारी उनी चाहँदैनन् । भन्छन् – ‘आफ्नो काम राम्रो गरेमा सबै कुरा आफसेआफ मिल्छ भन्नेमा विश्वास गर्छु म । दायाँ-बायाँ चर्चाको पछि नलागी काममै मात्र एकोहोरिएकोले व्यक्तिगत रुपमा नचिनिएको हुन सक्छु ।’
![]() |

0 comments