स्याङ्जाकी लक्ष्मीले जन्माइन नेपालमै सबैभन्दा धेरै तौलको शिशु -

3:49 AM

स्याङ्जाको एलादी गाविस–१ घर भइ पोखरामा ट्याक्सी चलाउँदै आएका होमबहादुर गुरूङ र लक्ष्मी गुरूङको दोस्रो सन्तान छोरो पौने ६ किलो तौलको जन्मिएको छ । चिकित्सकहरूले हालसम्म मुलुकमै सुनिएमध्येको यो सम्भवतस् बढी तौलको हुनसक्ने बताएका छन् । २८ वर्षीया लक्ष्मीलाई शुक्रबार बेथा लागेपछि रानीपौवाको साइ अर्चना अस्पताल भनाइ गरिएको थियो । शुक्रबार साँझ अप्रेसनबाट जन्मिएको बच्चा अस्वभाविक तौलको पाइएपछि अब्जरभेजनका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको डा. अर्चना पुनले बताइन् । ‘मेरो करिअरमै आफूले हेरेका पेसेन्टको चार किलो दुई सय ग्रामभन्दा बढी तौलको बच्चा जन्मेको थाहा थिएन,’ उनले भनिन, ‘आमा बच्च दुबै नर्मल छन् । तैपनि अस्वभाविक तौल भएकाले बच्चालाई अब्जरभेसनका लागि रिजनल हस्पिटल पठाएका हौं ।’ गर्भवती अवस्थामा निकै कम जचाउन आउने लक्ष्मीलाई गर्भ रहेको ५ महिनापछिमात्रै थाहा भएको थियो । शुक्रबार बेथा लागेपछि अस्पताल ल्याइँदा मज्जाले मासुभात खाएर आएको बताएपछि ६ घण्टा पर्खाएरमात्रै अपरेसन गरिएको डा. पुनले बताइन । ‘मलाइ भिडियो डाक्टरले आमाको बोसो धेरै छ अपरेसन गाह्रो होला भनेका थिए,’ उनले भनिन्, ‘अप्रेसन त गरियो तर, अरु सबै नर्मलै रह्यो । म आफैं छक्क परेकी छु ।’ जन्मँदा ६ किलो तौल देखिएको बच्चा डिजिटल तौल मेसिनमा ५ किलो ७ सय ५५ ग्राम देखिएको छ । लक्ष्मी आफैं पनि अचम्ममा परेकी छन् । ‘अलि गाह्रो त हुन्थ्यो तर, बच्चा नै यति भारी होला भन्ने मलाइ के थाहा ?’, उनले भनिन् । यतिबेला आमालाई साइ अर्चना र बच्चा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images