इस्लाम धर्ममा नारी : बुर्का किन लगाउने ?
7:22 AM![]() |
इस्लाम धर्ममा पर्दा प्रणाली छ, महिला र पुरुष दुवैका लागि । पुरुषलाई नै पहिले पर्दा गर्न भनिएको छ, कुरानमा । पर्दा भन्नाले कपडाको मात्रै नबुझौँ । सबैभन्दा पहिले पुरुषलाई हृदयको पर्दा गर्न भनिएको छ । कुनै पुरुषले महिलामाथि सदैव राम्रो दृष्टि राख्नुपर्छ । यो दृष्टिमाथिको पर्दा हो । त्यस्तै आँखाको पर्दा । कुनै पुरुषले महिलालाई ठाडो नजरले नहेर्न भनिएको छ । अनि मात्रै कपडाको कुरा आउँछ । पुरुषलाई पनि लामा र खुकुला लुगा लगाउन भनिएको छ ।
मौलाना नजरुल हसन फलाही इस्लामिक संघ नेपालका पूर्वअध्यक्ष तथा इस्लाम धर्मगुरु हुन् । इस्लाममा नारी, नारीका हक–अधिकारका विषयमा उनीसँग मिडियाएनपीकर्मी फातिमा बानुले गरेको वार्ताको सम्पादित अंश :
इस्लाम धर्मले महिलालाई शोषण गर्छ, पुरुषको स्वतन्त्रताको तुलनामा विभेद गर्छ भन्ने धारणा रहेको पाइन्छ, समाजमा । तर, यो धर्मकै अपव्याख्या हो । इस्लाम धर्मले महिला र पुरुषबीच कुनै विभेद गरेको छैन । महिला र पुरुष एकै हुन् भनेर पनि भनेको छैन । किनकि प्राकृतिक रुपमै महिला र पुरुष फरक छन् । तर, महिला र पुरुषलाई तुलना गरेरै सानो–ठूलो मानेको छैन । महिला र पुरुषलाई समान अधिकार दिइएको छ ।
हो, महिला र पुरुषलाई केवल प्राकृतिक आधारमा फरक गरिएको छ, किनभने भूमिका फरक छ । आमाले बच्चालाई पेटमा राख्छिन्, हुर्काउँछिन् । पुरुषले त्यो चाहेर पनि गर्न सक्दैन । त्यसरी हेर्दा आमाको भूमिका जहिल्यै पनि बुबाको भन्दा तीन गुणा ठूलो हुन्छ । त्यसैले महिला र पुरुषमा विभेद गर्ने कुरै आउँदैन ।

इस्लाम धर्ममा महिला अधिकार
इस्लाम धर्मले महिलालाई कहीँ पनि विभेद गरेको छैन । विवाह गर्दा जसरी केटालाई केटी रोज्ने अधिकार छ, त्यसरी नै केटीलाई केटा रोज्ने पूर्ण अधिकार छ । यसमा कसैको जबर्जस्ती हुँदैन । बुबाआमाको जबर्जस्ती पनि चल्दैन । धर्मले सम्बन्धविच्छेदको अधिकार, सम्पत्तिको अधिकार, शिक्षाको अधिकार सबै बराबर दिएको छ । यदि धर्मको नाममा कसैले छोरीलाई यी अधिकारबाट वञ्चित गरेर राख्छ भने त्यो पाप हो, अन्याय हो ।

धार्मिक नियम कडा
हो, हाम्रो धार्मिक नियम कडा छ । तर, ती सबै नियम मानवहितकै लागि बनाइएको हो । मानिसको शोषण नहोस्, समाजमा सबै सुरक्षित रहुन् भनेर नै नियम बनाइएको हो । महिलाको हकमा पनि त्यही कुरा लागू हुन्छ । त्यस्तो नियमलाई कसैले महिलामाथिको शोषण भनेर बुझ्छ भने त्यो ज्ञानको कमीको कारण मात्रै हो । इस्लामिक ज्ञान भएकाले त्यसो भन्दैनन्, भनेका छैनन् ।

यसरी बुझौँ, धार्मिक नियमले महिलालाई संकुचित गरेको होइन, सुरक्षित गरेको हो । त्यसलाई गलत व्याख्या गरेर दुष्प्रचार हुँदा इस्लाममा महिलालाई स्वतन्त्रता छैन भन्ने धारणा समाजमा बन्न पुगेको हो । यो धारणालाई युरोपको एउटै तथ्यांकले काट्छ । त्यहाँ इस्लाम धर्म स्वीकार गर्नेमा महिलाको संख्या बढी छ । आफूलाई सुरक्षित ठानेर र अधिकारसम्पन्न भएर नै उनीहरू यसलाई स्वीकार गर्छन् ।
धार्मिक मूल्यमा पुरुष स्वतन्त्र वा ठूलो र महिला सानो वा संकुचित भन्ने होइन । भूमिका फरक छन् । आ–आफ्नो ठाउँमा बराबर छन् । त्यसैले महिलाले समान बन्नका लागि पुरुषजस्तै बन्छु भन्नु प्राकृतिक रुपमा नमिल्ने कुरा हो । महिलालाई सुरक्षित राख्न र समान न्याय दिन इस्लाम धर्मले विभेद गरेको छैन ।
इस्लाममा नारी शक्तिशाली
एकातिर नारी देवी हो, सृष्टिकै शक्ति हो भनेर शास्त्रीय कथा हुने, यसलाई स्वीकार गरेजस्तो पनि गर्ने तर अर्कातिर नारीमाथि नै अत्याचार गर्ने प्रवृत्ति आधुनिक समाजमा नयाँ होइन । इस्लामले नारीलाई यस्ता उत्पीडनबाट बचाउने कोसिस गरेको छ, सुरुदेखि नै ।
धार्मिक नियमलाई नै हेर्दा इस्लामले भ्रूण हत्यालाई पाप मानेको छ । जहाँसम्म लाग्छ, कुनै पनि धर्मले हत्या–हिंसालाई स्वीकार गर्दैन । जेहोस्, धर्मले नै भ्रूण हत्यालाई पाप वा अपराध भन्यो भने त्यो धर्म मान्नेले भ्रूण हत्या गर्दैनन्, छोराको चाहनामा गर्भमा छोरी भएको थाहा पाएर भ्रूण हत्या गर्ने अपराध पनि रोकिन्छ ।
इस्लामले भनेको छ– परिवारमा कमसे कम तीनवटी छोरी जन्मिनु शुभ हो । छोरीको राम्रो पालनपोषण गर्ने, शिक्षा–दीक्षा दिने, आत्मनिर्भर बनाउने हो भने पुण्य कमाइन्छ । सर्त उही हो, छोरा होस् या छोरी खुसी उत्तिकै हुनुपर्छ ।
त्यस्तै, इस्लाममा कन्यादान भन्ने छैन । किनभने, दान वस्तुको मात्रै हुन्छ । नारी कुनै वस्तु होइन भन्ने इस्लाममा विश्वास गरिन्छ । इस्लाममा विवाह भनेको आपसी समझदारी हो । केटाकेटीबीच बराबरीको समझदारी हुन्छ । विवाह हुँदा केटाले केटीलाई महरा स्वरुप पैसा दिने चलन छ । यसले देखाउँछ– इस्लाममा महिलालाई सम्पत्तिको अधिकार छ । नारीलाई बुवाको सम्पत्तिमाथि अधिकार छ । श्रीमान र छोराको सम्पत्तिमाथि पनि उत्तिकै अधिकार छ, यो कुरानमा लेखिएकै छ । कसैले व्यवहारमा उतार्दैन भने त्यो व्यक्तिको गल्ती हो, धर्मको होइन । नारी आमा हुन्छे । इस्लाममा भनिएको छ, आमाको पैतालामुनि स्वर्ग हुन्छ । यसले आमालाई सधैं सम्मान गर्न सिकाउँछ । नारी सधैं माथि हुन्छे भनिएको छ ।
इस्लाममा बुर्का सिस्टम
इस्लाम धर्ममा पर्दा प्रणाली छ । महिलाका लागि मात्रै होइन, पुरुषका लागि पनि छ । जब पर्दाको कुरा आउँछ, पुरुषलाई नै पहिले पर्दा गर्न भनिएको छ, कुरानमा । पर्दा भन्नाले कपडाको मात्रै नबुझौँ । सबैभन्दा पहिले पुरुषलाई हृदयको पर्दा गर्न भनिएको छ । कुनै पुरुषले महिलामाथि सदैव राम्रो दृष्टि राख्नुपर्छ । यो दृष्टिमाथिको पर्दा हो । त्यस्तै आँखाको पर्दा । कुनै पुरुषले महिलालाई ठाडो नजरले नहेर्न भनिएको छ । अनि मात्रै कपडाको कुरा आउँछ । पुरुषलाई पनि लामा र खुकुला लुगा लगाउन भनिएको छ । शरीरलाई महिलाको आकर्षणको केन्द्र नबनाउन भनिएको छ । यसैले महिलामाथि मात्रै पर्दाको नियम छैन ।

बुर्का र पर्दा फरक कुरा हुन् । बुर्का भनेको पर्दाको एउटा तरिका मात्रै हो । पर्दा गर्दा बुर्का नै लगाउनुपर्छ भन्ने कहीँ पनि लेखिएकै छैन । यसका विभिन्न तरिका छन् । कसरी गर्ने यो व्यक्तिगत रोजाइको कुरा हो । ठाउँ अनुसार पर्दा सिस्टमको रुप फरक छन् । पर्दा, बुर्का भन्दैमा कालै हुनुपर्छ भन्ने पनि छैन । समग्रमा खुकुलो लुगा लगाउनु, शरीर ढाक्नु आकर्षक नदेखाउनु नै पर्दा हो । यो महिला र पुरुष दुवैमा लागू हुन्छ ।
पर्दाको विरोधमा बोल्नेका लागि मेरो एउटै प्रश्न छ– किन हटाउने पर्दा सिस्टम यसले के हानि के गर्यो ? यस प्रश्नको चित्त बुझ्दो जवाफ थाहा पाए हामीले पनि पर्दाको विरोधमा वकालत गथ्र्यौं । महिलाले अर्ध नग्न या नग्न किन हुन चाहेको हो ?
पर्दा किन ?
इस्लाममा पर्दा अनिवार्य गरिएको छ । यसलाई संकुचित सोचसँग जोड्नुको कुनै तुक नै छैन । इस्लामले बनाएका जे–जति नियम छन्, ती सबै मानवहितकै लागि बनाइएका हुन् । ती नियम पछ्याउँदा हामीलाई फाइदा मात्रै छ, हानि छैन ।
नियम नमान्दा के हुन्छ भन्ने पनि हामी भोगाइपछि नै थाहा पाउँछौँ । जस्तो, इस्लाममा मादक पदार्थ सेवन वर्जित छ, मादक पदार्थ सेवनले फाइदा केही छैन, हानि मात्रै गर्छ । त्यस्तै नियम हो, पर्दा पनि । इस्लामिक कानुन मानव माथि थोपरिएको नियम होइन, सबै मानवहितकै लागि हो बनाइएको हो । पर्दाको विरोधमा बोल्नेका लागि मेरो एउटै प्रश्न छ– किन हटाउने पर्दा सिस्टम यसले के हानि के गर्यो ?

यस प्रश्नको चित्त बुझ्दो जवाफ थाहा पाए हामीले पनि पर्दाको विरोधमा वकालत गथ्र्यौं । महिलाले अर्ध नग्न या नग्न किन हुन चाहेको हो ? फाइदा के छ ? मैले देखेको त बेफाइदा मात्रै हो । म जवाफ खोजिरहेको छु । बुर्काका सकारात्मक पाटा मात्रै बताउन मलाई पहिला बुर्काका नकारात्मक कुरा थाहा पाउन पाए सजिलो हुने थियो । नग्न हुनुको फाइदा बेफाइदा बुझेर होइन, लहलहैमा लागेर महिलाले त्यस्तो गरेको मैले बुझेको छु ।
अनुभवी महिलाले मलाई बताएको कुरा हो । जुन महिलाले पर्दा लगाउँछिन्, उसले आफलाई भित्रैदेखि सुरक्षित महसुस गर्छे । उसको आत्मविश्वास बढ्छ । पर्दा गरेकी र नगरेकी महिलामाथि पुरुषको सोचाइ र बुझाइ नै फरक हुन्छ । पर्दा गर्दा महिला कुदृष्टि र कुविचारबाट बचेकै हुन्छिन् । पूरै शरीर ढाक्दा छालाको पनि स्याहार भइरहेको हुन्छ । घामधुलो र प्रदूषणबाट जोगिन्छ छाला । आजभोलि बाटो हिँड्दा म देख्छु, अधिकांश महिलाहरू सलले मुख ढाकेर हिँडेका हुन्छन् । त्यही कुरा त हो नि पर्दा सिस्टम । यसलाई किन बाध्यकारी र संकुचित अभ्यास भनेर बुझ्छन्, आम मानिसहरू ? आज सबैभन्दा बढी बलात्कारका घटना कहाँ भइरहेका छन्, उही अमेरिकामा । छाडापन संस्कृति पनि त त्यही देशमा छ ।
इस्लामिक देशहरूमा बलात्कारका घटना सुनिएको छैन । कानुन मात्रै कडा बनाएर यस्ता घटना न्यूनीकरण हुँदैनन् । भारतलाई यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ । यसका लागि त व्यक्तिगत आचरणमै परिवर्तन गर्न आवश्यक छ । इस्लामले यस्ता कुरा समेटेको छ । बुर्काले हानि होइन, महिलाको जिउज्यान र अस्तित्वको सुरक्षा गर्छ, गरेको छ ।
बलात्कारलाई नै उदाहरणको रुपमा लिन सकिन्छ । कतिले भन्छन्, ‘महिला बलात्कृत हुन्छे भने यसमा पुरुषकै गल्ती हुन्छ । किनभने उसले आफ्नो कामुकतामाथि नियन्त्रण गर्न सक्दैन । पुरुषले आफूमाथि नियन्त्रण गर्न नसक्नु नै गल्ती हो ।’
हो भगवानले नियन्त्रण गर्ने क्षमता दिएका छन् । नियन्त्रणले मात्रै नै हुने भए समाजमा चोरी डकैती हत्या जस्ता अपराध किन भइरहेका छन् । चोरी गर्नु हुँदैन भनेर कसलाई थाहा छैन र ? तर पनि हामी पैसा, गहना र बहुमूल्य सामानहरू लुकाएर राख्छौँ नि । त्यस्तै हो पर्दा सिस्टम । नग्न भएर अरुको नियन्त्रण क्षमताको परीक्षा लिने कुरामा कुनै तुक छैन । आफ्नो बचाउ आफैं गर्नुमै भलाइ छ ।

कतिपय ठाउँमा बुर्काको दुरुपयोग पनि भइरहेको छ । बुर्कामा लुकेर गुन्डा चोर र अपराधीहरू भागेका पनि छन् । तर, यो धर्म या सिस्टमको गल्ती होइन । सदुपयोग र दुरुपयोग त हरेक कुराको हुन्छ, यो संसारमा । शिक्षा, शक्ति, हतियार पैसा, स्वतन्त्रता सबैको । त्यसो भन्दैमा यी चिजहरू वर्जित गर्नुपर्छ भन्ने पक्षमा कोही पनि उभिँदैनन् । बुर्कामा मात्रै किन ? बुर्काको दुरुपयोग उनीहरूले नै गर्छन्, जो बुर्कालाई बदनाम गर्न चाहन्छन् । बुर्र्का आफैंमा गलत छैन, केही पनि हुँदैन ।
पर्दा गर्दा मुखै समेत छोपेर हिँड्ने पनि गरिन्छ । कतिले यसलाई व्यक्तिगत पहिचानमाथि आँच आयो भन्छन् । मुखै छोप्नुपर्छ भनेर इस्लाममा भनिएकै छैन । त्यो इच्छाको कुरा हो, यसमा छुट छ । बुर्काले पहिचान नै खोसेको छैन । बरु बचाएकै छ ।

![]() |

0 comments