एक सेकेन्डमा इन्टरनेटमा के के हुन्छ हेर्नुहोस्
7:31 AM![]() |
ब्रिटेन । मान्नलाई त एक सेकेन्ड समय मापनको सबै भन्दा सानो एकाई मानिन्छ तर यो छोटो तथा सानो समयको अन्तरालमा यति धेरै कार्य हुन्छ कि तपाई सोच्न पनि सक्नु हुन्न ।
एक सेकेन्डमा दुनियाको ४६.१ प्रतिशत जनसंख्या अनलाईनमा हुन्छन् । अर्थात दुनिया भरीमा करीब ३.४ अरब मानिस हरेक एक सेकेन्डमा अनलाईनमा हुन्छन । हरेक एक सेकेन्डमा ७२९ तस्बीरहरु इंस्टाग्राममा अपलोड हुन्छन र स्काईपको माध्यमद्धारा २,१७७ फोन कल्स गरिएको तथ्याङ्क छ ।

हरेक एक सेकेन्डमा २० हजार मानिस फेसबुकमा हुन्छन ् र हरेक सेकेन्डमा पाँच नयाँ फेसबुक एकाउन्ट बनाइन्छ । एक सेकन्ड भित्रैमा करीब ७००० ट्वीट हुन्छ अर्थात दिनमा ५० करोड ट्वीट र बर्ष भरीमा २०० अरब ट्वीट ।
१९९८ सालमा गूगलले पुरा एक दिनमा करीब १० हजार सर्च गरेको तथ्याङ्क छ तर अहिले हरेक सेकेन्डमा ५४ हजार भन्दा पनि माथि हुन्छ । अर्थात दिन भरमा ४ अरब ६६ करोड ५० लाख सर्च गूगलमा हुन्छ । अर्थात बर्ष भरिमा दुनिया भरिमा १.२ ट्रिलियन गूगल सर्च हुन्छ ।
एक सेकेन्डमा २० लाख ई—मेल पठाइन्छ , साथै २५ हजार ४०६ वटा भिडियो यू—ट्यूबमा हेरिन्छ ।
![]() |

0 comments