ढाका घटना : बन्धक बनाइएका २० जनाको हत्या

1:45 AM



असार १८, २०७३- बंगलादेशको ढाकास्थित एक रेष्टुरेन्टमा बन्धक बनाइएका २० जनाको हत्या भएको सरकारले जनाएको छ । शुक्रबार बन्धुकधारीको समूहले रेष्टुरेन्ट छिरेर ग्राहकहरुलाई बन्धक बनाएका थिए ।

इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ । ढाकास्थित होले आर्टिसन बेकरी क्याफेमा बन्धुकधारी छिरेर नियन्त्रणमा लिएको १२ घण्टापछि ढाका प्रहरीले कारबाही थालेको थियो ।

बन्धक बनाउनेमध्ये ६ जनाको मृत्यु भएको र एक जनालाई नियन्त्रणमा लिइएको सरकार प्रवक्ताले जनाएका छन् ।

बन्धक बनाइएकामध्ये केही जापानी र श्रीलंकाली नागरिक थिए ।

बन्धकमा पर्नेहरुमध्ये अधिकांश मुस्लिम हुन् र उनीहरु रमजान ब्रत तोड्न रेष्टुरेन्टमा भेला भएका थिए ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदले घटनालाई घृणित भनी टिप्पणी गरेकी छन् । ‘आक्रमणकारीहरु कस्ता मुस्लिम हुन् ? उनीहरुको कुनै धर्म छैन्,' प्रधानमन्त्रीले भनिन्,‘सरकार बंगलादेशबाट आतंकवाद सिध्याउन प्रतिबद्ध छ । ’

आर्मी ब्रिगेडियर जेनेरल नाइम असरफ चौधरीका अनुसार बन्धक बनाइएकामध्ये १३ जनालाई सुरक्षाकर्मीले उद्दार गरेको छ । तिमध्ये एक जापानी नागरिक र दुई श्रीलंकाली नागरिक छन् ।
चौधरीले बन्धक बनाइएकाहरुलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जानकारी दिएका छन् ।

बंगलबादेशबाट प्रकाशित हुने डेजी स्टार पत्रिकाका अनुसार बन्धुकधारीहरुले बन्धक बनाइएकाहरुलाई कुरान श्लोक भन्न लगाएका थिए । श्लोक भन्न नसक्नेहरुलाई उनीहरुले यातना दिएको पत्रिकाले लेखेको छ ।

बन्धुकधारीले बंगलादेशी नागरिकलाई मात्रै खानेकुरा दिएका थिए, डेली स्टारले लेखेको छ ।

बन्धुकधारीले रेष्टुरेन्ट नियन्त्रणमा लिने क्रममा भित्रै रहेका सुपरभाइजर सुमोन रेजाले उनी छतमा चढेर त्यहाँबाट भागेको बताए ।

‘उनीहरुले बिष्फोट गराउँदा पूरै भवन हल्लिएको थियो,' उनलाई उद्दृत गर्दै बंगलादेशका मिडियाले लेखेका छन् । उनले आफू छतबाट हाम्फालेर भागेको बताए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images