क्षेत्रपाटीमा अनुगमन थालेपछि औषधि व्यावसायीको भागाभाग

सरकारी अनुगमन टोली आइतबार क्षेत्रपाटीमा पुगेपछि सो क्षेत्रका औषधि व्यवसायीमा भागाभाग भएको छ । अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरिएको मेडिकलहरूमा शिलबन्दी गरिएको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले इखा पुखु र बजगाइ मेडिकलहरूमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी बजार संरक्षण अधिकृत शिला सापकोटाले अनलाइनखबरलाई जानकारी दिइन् ।इखा पुखु, बजगार्इँ, रितेश लगायत अधिकांश मेडिकल पसल धनीहरु अनुगमन टोलीलाई देख्नेवित्तिकै सटर बन्द गरेर भागेका थिए । बन्द गरेर भागेकालार्इ शिल गर्न थालेपछि रितेस फर्मासिटिकल्सका सञ्चालकले भने पसल खोलेका थिए । क्षेत्रपाटीका इखा पुखु फर्मासिटिकल्स र बजगार्इँ फर्मासिटिकल्सलार्इ अनुगमन टोलीले शीलबन्दी गरी तीनदिनभत्रि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा प्रष्टिकरणसहिउ उपस्थित हुन अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीले निर्देशन दिए ।
टोलीले क्षेत्रपाटीमा सुगम, एमएच र फेम्जा फर्मास्यूटिकल्समा मात्र अनुगमन गर्न भ्याएको थियो । ती संस्थाहरूमा सरसफाइमा कमजोरी देखिएकाले विभागले सुधारका लागि निर्देशन दिएको छ ।
औषधि व्यावसायी संघमार्फत् अनुगमनमा आउनुपर्ने धारणा राखेका छन् । संघका केन्द्रिय सदस्य रामेश्वर श्रेष्ठले सरकारले व्यवस्थितरूपमा अनुगमन गर्नुपर्ने बताए ।
क्षेत्रपाटीपछि अनुगमन टोली टिचिंग अस्पतालस्थित संग फर्मामा पुगेको थियो । सो फर्मामा असाध्यै फोहोर भेटियो । अनुगमन टोलीले अाैषधिजस्तो संवेदनशील कुरालार्इ यसरी फोहोर नराख्न निर्देशन दियो । त्यसैगरी, टिचिंगकै वेल्फेयर फर्मासिटिकलमा पनि टोलीले अनुगमन गरेको छ । सो सलमा कुनैपनि कैपफिउयत नभेटिएको अनुगमन टोलीका संयोजक अधिकारीले बताए ।
टिचिंगपछि अनुगमन टाेलीले चावहिलमा रहेकाे चारू मेडिकल सेन्टरमा पुग्यो ।  सो पसलमा अनुगमनकाे क्रममा टाेलीले मेडिकलबाट डाक्टरकाेबिना सिफारिस बिक्री गर्न नपाईने अाैषधी बिक्री वितरण र विवरण पनि स्पष्टनराखेकाे भन्दै सिलबन्दी गर्दै विभागमा तीन दिन भित्र स्पष्टीकरण पेशगर्न निर्देशन भएकाे छ।
त्यसैगरी, अनुगमन टाेलीले मेडिकल क्लाेनाज, लाेरी , जाेलियम, क्लाेजेप जस्ता लागू अाैषधी जपत गरेकाे जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत सिला सापकाेटाले जानकारी गराईन। साथै मेडिकलले अाैषधी बिक्रि वितरण गर्दा खरिद कर्ताकाे नाम पनि लेखन्ने नगरेकाे फेला परेकाे हाे।
अनुगमनमा अापूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन, उपभोक्ता वादी, स्वास्थविभाग र मन्त्रीका स्वकिय सचिवालयका प्रतिनिधित्व रहेका थिए। साथै टाेलीले टिचिङ अस्पताल अगाडि रहेकाे संगअाैषधी, वेयलफेयर्स अाैषधि, र चावेलमा रहेकाे अदिप समेत सरसफाईमा ध्यान दिन निर्देशन भएकाे छ।
अाैषधिमा लापरबाही गर्नेलार्इ कुनैपनि हालतमा कानूनी दायरामा ल्याएरै छाड्ने अनुगमन टोलीका संयोजक अधिकारीले बताए ।

दुई राप्रपाको एकता तयारीः अध्यक्ष थापा, राजतन्त्रबारे महाधिवेशनले निर्णय गर्ने

राप्रपा नेपाल र राप्रपा पार्टी एकता नजिक पुगेका छन् । पार्टी एकताबारे वार्ता गर्न गठित दुई दलीय समितिले पार्टी एकताबारे नीतिगत र संरचनागत विषयमा सहमति नौबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका वार्ता समितिका संयोजक बुद्धिमान तामाङले १० रेक्टरको भूकम्पले पनि असर नगर्ने गरी पार्टी एकताको जग बनेको दाबी गरे । राप्रपा नेपालका वार्ता समितिका संयोजक राजिव पराजुलीले अब ढिलोमा दुई साताभित्र पार्टी एकताको घोषणा भइसक्ने दाबी गरे ।
वार्ता टोली स्रोतका अनुसार नौबुँदे सहमतिमा संघीयता, संवैधानिक राजतन्त्रबारे महाधिवेशनले टुंगो लगाउने उल्लेख छ ।
सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सपेक्ष हिन्दुराष्ट्रमा पनि वार्ता टोलीले सहमति जुटाएको छ । संविधानमा राप्रपाले धर्म र राप्रपा नेपालले धर्म, गणतन्त्र, र संघीयताबारे फरक मत दर्ता गरेकाले पार्टी एकतापछि संविधानको आलोचनात्मक समर्थन गर्ने पनि वार्ता टोलीको सहमति छ ।
यस्तै पार्टीको नेतृत्वबारे पनि सहमति भएको छ । ‘अध्यक्षमा राप्रपा नेपालका वर्तमान अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष रहने समझदारी भएको छ’ वार्ता टोलीका एक सदस्यले अनलाइनखबरसँग भने ।
दुबै पार्टीबाट १५०/१५० जना रहने गरी संयुक्त केन्द्रीय समिति बनाउने समझदारी पनि वार्ता टोलीले गरेको छ ।
वार्ता टोलीले भोलि दुबै पार्टीका अध्यक्षलाई संयुक्त रुपमा सहमति बुझाउनेछ । र, दुबै पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि एकता प्रक्रिया अघि बढ्नेछ ।
तर, वार्ता टोलीमा केही विमति देखिएको र नेता प्रकाश चन्द्र लोहनी असन्तुष्ट रहेकाले एकता प्रक्रिया सहजै अघि बढ्नेमा शंका रहेको एक नेताले बताए । स्रोतले भन्यो, एकता हुनुपर्छ भन्नेमा एकमत छौं । तर, प्रक्रियाका विषयमा विमतिहरु छन् । यसले दरार ल्याउन सक्छ ।’

मेस्सी असफल ! रोनाल्डोले जिते पहिलो अन्तराष्ट्रिय उपाधि

क्रिष्टियानो रोनाल्डो सफल भए, लिओनल मेस्सी असफल, किनकी उनले पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेका छन् ।
आफ्नो पुस्ताका उत्कृष्ट फुटबलर रोनाल्डो र मेस्सी दुबैले क्लब फुटबलमा जित्न बाँकी केही छैन । तर, देशका लागि ठूलो उपाधि दिलाएन सकेका थिएनन् ।
मेस्सी केही दिन अघि मात्र कोपा अमेरिकाको फाइनलमा चुके । अर्जेन्टिना चिलीसँग पेनाल्टीमा पराजित हुँदा मेस्सीले नै पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।
तर, रोनाल्डो सफल भए । पोर्चुगलले फ्रन्सलाई १-० ले पराजित गरेको छ र पहिलो अन्तराष्ट्रिय उपाधि जितेको छ ।
पोर्चुगल दुई पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो भने युरो २००४ को फाइनलमा हारेको थियो । तर, अब १३ औं अन्तराष्ट्रिय प्रतियोगितामा पोर्चुगल सफल भएको छ ।मेस्सीको अर्जेन्टिना, जसको फुटबल इतिहास गर्बिलो छ । दुई पटक विश्वकप र १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । तर, १९९३ देखि उपाधिविहीन छ र मेस्सी र उनको टिम पछिल्लो पाँच मध्ये चार पटक कोपा अमेरिकाको उपविजेतामा सिमित रहृयो भने २०१४ को विश्वकपको फाइनलमा पनि पराजित भयो ।
पछिल्लो कोपा अमेरिकाको फाइनलमा व्यहोरेको हारपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसककेका छन् । र, अन्तराष्ट्रिय फुटबलको उपाधि जित्ने अबसर गुमाएका छन् ।
सात महत्वपूर्ण प्रतियोगिता खेलेको रोनाल्डो भने अहिले आएर सफल भएका छन् र, पोर्चुगललाई पहिलो उपाधि दिलाएका छन् ।
भलै चोटका कारण रोनाल्डोले २५ औं मिनेटमा मैदान छाडे, यहाासम्मको यात्रामा उनको कप्तानी र प्रेरणादायी भूमिका रहेको छ ।

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि

आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ ।
अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो ।
सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसाग ठोक्किएर घुाडामा चोट बोकेका उनी केहीबेरपछि रुादै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए ।
तर, उपाधिको दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिलाई सदुपयोग गर्न सकेन । उसो त घरेलु टोली निर्धारित ९० मिनेटको खेलमा नै विजेता झण्डै बनेको थियो । तर, उसका रफायल गेनियाकको प्रहार पोष्टमा लाग्न पुग्यो ।
१०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फि्रकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।

फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट बल हानेका थिए । र, फ्रान्सेली किपरले बलतर्फ डाइभ पनि हानेका थिए तर, बलले निकै लोभलाग्दोसाग जाली चुम्यो ।
उसो त खेलमा फ्रान्सले अन्य केही सुन्दर मौकाहरु पनि खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी गि्रजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए ।
२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।
एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

मधेसी मोर्चाका नेताले भने- ओली सरकार ढाल्नेलाई निःशर्त सघाउँछौं

मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नेलाई मधेसी मोर्चा निःसर्त समर्थन गर्न तयार रहेको बताएका छन् ।
उनले भनेका छन्, सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होइन र यो खेलमा हाम्रो चासो पनि छैन ।’
महासचिव सुमनले अघि भने, ‘भावनात्मक रुपमा हाम्रा ६२ जना भन्दा बढीलाई गोली ठोकेर हत्या गर्ने, झुठा मुद्दा लगाउने, उपचार समेत नगराउने, वार्ताको नाटक गरिरहने प्रधानमन्त्रीबाट मुलुकलाई उन्मुक्ति दिन एक धक्का कसैलाई पनि समर्थन गर्न हामी तयार छौ ।’
तर, आफूहरु सरकारमा भने नजाने उनले दाबी गरे ।

तीजको कोसेली मार्फत सिड्नी-नेपाल र अमेरिका जोड्दै शान्ति

एक समय लोक गायन र मोडलिङ क्षेत्रमा जगजगी नै थियो नेपालमा शान्ति भण्डारीको । तर बिबिध कारण उनी अमेरिका पलायन भइन । १० बर्षदेखी उनी अमेरिकामा बस्दै आइरहेकी छन । तन उता भएता पनि उनको मन र भाबना भने नेपाली गीत संगीतबाट टाढीएको छैन, ‘कसरी भाग्न सक्छु यो क्षेत्रबाट ? यसले नै नाम दियो...

फागुन १४ गते स्ववियु चुनाव गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति तोकेको छ ।
आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो ।
स्ववियु चुनाव २०६५ सालयता भएको छैन । क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए ।
उमेर विवाद मिलाउन समिति गठन
त्रिवि सभाको बैठकमा विद्यार्थी नेताहरुलाई पनि बोलाइएको थियो ।
स्ववियु चुनावमा उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य छन् ।
समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चले पनि सहमति भइनसकेको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिए ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ ।
स्ववियु चुनावमा २८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई भाग लिन नदिन अनेरास्ववियु र अखिल क्रान्तिकारी सहमत भए पनि नेविसंघले विरोध जनाएको छ ।

स्तन क्यान्सर विरुद्ध १६ सय किलोमिटर टपलेस यात्रा

अमेरिकामा बस्नेे एक महिलाले अर्धनग्न भएर १६ सय किलोमिटरको यात्रा पूरा गरेकी छिन् । पोलेट लिफार्ट नामकी ती महिलाले आफ्नो अर्धनग्न यात्राबाट अनुपम अनुभव प्राप्त भएको र आफुलाई भगवान सँग हिँडेजस्तो लागेको बताइन् ।
उनी कपडा नभएर वा दिमाग खुस्केका कारण यसरी अर्धनग्न भएर हिँडेकी होइनन् । स्तन क्यान्सरप्रति जनचेतना जगाउन उनले यसोे गरेकी हुन् ।
लिफार्ट आफैपनि स्तन क्यान्सर पीडित हुन् । स्तन क्यान्सरको अपरेशनपछि उनी अहिले निको भएकी छिन् । आफु बाँचेपछि अरु महिलालाई यस बारेमा जनचेतना जगाएर बँचाउनका लागि उनले मिसिसिपी देखि वाशिंगटन सम्मको अर्धनग्न यात्रा गरेकी हुन् । मानिसहरुमा रहेको परम्परागत धारणा तोड्नका लागि आफुले टपलेस भएर यात्रा गरेको उनको भनाइ छ ।
उनको यो टपलेस यात्रा बारेमा यसअघि नै सोसल मिडिया तथा इन्टरनेटमा खुबै चर्चा भएको थियो । ४९ वर्षकी लिफार्टले आफ्नो यात्रालाई एक भिडियोमा समेटेकी छिन् । उक्त भिडियोको नाम स्केरी स्टोरी राखेकी छिन् ।
लिफार्टको अर्धनग्न यात्रा क्रममा उनलाई उनका ४ जना छोरीले साथ दिएका थिए । छोरीहरुसँगै फिल्म निर्माता एमिली म्याकेन्जी पनि उनीसँगै यात्रामा रहेकी थिइन् । अब एउटा संस्था खडा गरेर एकल आमाहरुका यस्ता समस्याको समाधानका लागि पहल गर्ने उनको भनाइ छ ।

बालविवाह न्यूनीकरणका लागि दाङमा निम्तोे कार्ड

दाङ असार २६ । पञ्चकुले गाविस कार्यालयले बाल विहान न्यूनीकरण र बालश्रम अन्त्यको सुरु गरेका अभियानलाई सफल बनाउन घर घरमा निम्तो कार्ड बितरण गरेको छ । गाविस कार्यालय सचिव चन्द्रकुमार डाँगीले १८ वर्षमुनिका बालिकालाई विवाह गर्नु गराउनु सामाजिक अपराध भएकाले त्यस्ता कार्य गाविसमा रोक्न निम्तो कार्ड बितरण गर्नुभएको हो ।

गाविसमा अझै पनि बाल विवाहमा कमी आउन नसकेको भन्दै बालविवाह न्यूनीकरणमा सञ्चालन गरिएको अभियानमा प्रतिबद्धता जनाउन निम्तो कार्ड बितरण गर्नुभएको हो । शनिबार गाविस कार्यालयले आयोजना गरेको एकदिने बालमैत्री स्थानीय शासन लागु गर्न सरोकारवालासँगको अभिमुखीकरणमा बालश्रम न्यूनीकरणका लागि पनि सबै जुट्नुपर्ने बताउनभयो ।

उक्त अवसरमा बाल सञ्जालकी सीमता शाहले बाल विवाह र बाल श्रम न्यूनीकरणमा लाग्न सबैसग गुहार माग्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस पञ्चकुले गाविस सभापति रुद्धबहादुर डाँगी, नेकपा एमालेका जगतबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी, राप्रपा नेपालका बेगमबहादुर बस्नेतले आआफ्नो पार्टीले यो अभियानमा प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै भानुभक्त माविका प्रधानाध्यापक नेकमान बस्नेत, वडा नागरिक मञ्चका टेकबहादुर भण्डारी, महिला सञ्जालका जानका खड्कालगायतले बालमैत्री स्थानीय शासन लागु गर्न आवश्यकपर्ने मुख्य सुचकअन्तर्गत बाल विवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच चन्द्रबहादुर डाँगीको अध्यक्षतमा ९ सदस्य गाविसस्तरीय बालमैत्री स्थानीय शासन गाउँ समिति गठन गरिएको छ । अभिमुखीकरण कार्यक्रमको सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो, भने सञ्चालन गाविस कार्यालयका मानबहादुर बस्नेतले गर्नुभएको थियो । शुक्रबार बालबालिकाहरुका लागि बालबिबाह र बाल श्रम बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

रहेनन् दुनियाका सबैभन्दा धनी गरीब मानिस

गरीब । तर गरीबमा पनि दुनियाकै धनी । अर्थात् दुनियाकै सबैभन्दा धनी गरीब मानिस । यस्तो अनौठो विशेषता भएका मानिसको निधन भएको छ ।
चर्चित पाकिस्तानी समाजसेवी अब्दुल सत्तार इधी विश्वका सबैभन्दा धनी गरीब मानिसको नामले चिनिन्छन् । उनी इधीको शुक्रबार मृत्यु भएको छ ।
उनले मर्ने बेलामा भनेका छन्ः मेरो देशका गरीबहरुको ख्याल राख्नुहोला ।
मृगौला लगायतका रोगबाट सिकिस्त भएर निधन भएका इधीले आफ्नो जिउको एकमात्र काम गर्ने अंग आँखा दान गरेका थिए । उनले आफ्नो सबै धनसम्पत्ति पनि यसअघि नै दान गरिसकेका थिए ।
इधीको निधनप्रति पाकिस्तानका राजनीतिज्ञ, खेलाडि, समाजसेवी मात्र होइन भारतीय विदेशमन्त्रीले समेत श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रहरीमा राम्रालाई पुरस्कार, खरावलाई तिरस्कार

भैरहवा । केही महिना अघि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा क्राइम एक्सान प्लान (क्याप) का सूचना टोली कमाण्डर प्रहरी नायब निरीक्षक रविन्द्र चन्दले आफ्नै हाकिम जिल्लाको प्रहरी उपरीक्षक (एसपी) बुद्धिराज गुरुङ्गलाई मोबाइल मेसेज मार्फत गोली हान्ने धम्की दिए ।
उनले प्रहरीलाई नै धम्की दिएको कुनै पहिलो पटक होइन यस अघि पनि पर्सा जिल्लामा कार्यरत रहँदा उनले एक प्रहरीलाई गोली नै हानेका थिए ।
त्यसपछि उक्त विषय नेपाल प्रहरीको हेडक्वाटरमा जानकारी भयो र कारवाहीका लागि चन्द प्रहरी हेडक्वाटर तानिए । पटक पटक विभिन्न कार्यवाही भोगीसकेका चन्दलाई सेवाबाट बर्खास्त गर्ने बाहेक अन्य कुनै कार्यवाही नै बचेको थिएन ।
घटनाको छानबिन पछि नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालयको निर्देशनमा चन्द नेपाल प्रहरीको लागि उपयुक्त नरहेको भन्दै सेवाबाट नै बर्खास्त गरियो ।
त्यस्तै अपराधको सफल अनुसन्धान, जनतालाई मुस्कान सहितको सेवा दिएको, चेन अफ कमाण्डमा रहेको काम गरेको, फिल्डमा राम्रो लगायत विभिन्न उत्कृष्ट काम गरेको कारण जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्की र महेन्द्र खड्का पुरस्कृत भए । पुरस्कार स्वरुपमा उनीहरुलाई एक/एक हजार रुपैयाँ नगद प्रदान गरियो ।
नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचारणविरुद्ध काम गर्नेलाई कार्वाही गर्दै आएको छ ।
७२ जनालाई कारवाही, ४६ जना पुरस्कृत
चालु आर्थिक वर्ष २०७२/०७३ को असार २६ गते सम्म रुपन्देही जिल्लामा कार्यरत ७२ जना प्रहरीलाई कारवाही र ४६ जना प्रहरीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा ७२ जना प्रहरीलाई भएको कारवाही मध्ये ८ जनालाई सेवाबाट बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले बताए ।
जसमध्ये १ जना प्रहरी नायव निरीक्षक र ७ जना प्रहरी जवान रहेका छन् । त्यस्तै २ जना प्रहरी जवानलाई निलम्बन गरिएको, २ जना प्रहरी हवल्दारलाई एक तल घटुवा कार्यवाही गरिएको छ । यस्तै १४ जनालाई ग्रेड घटुवा कारवाही गरिएको छ । जसमध्ये २ जना प्रहरी साहयक निरीक्षक, ३ जना प्रहरी हवल्दार र ९ जना जवान रहेका छन ।
३ जनाको पदोन्नती रोक्का गरिएको छ जसमध्ये एक जना हव्लदार र २ जना जवान छन् । यस्तै ३१ जनालाई नसिहद कारवाही गरिएको छ । जसमध्ये एक जना प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी साहयक निरीक्षक, ३ जना हवल्दार र २३ जना जवान रहेका छन् ।
कारवाही भएका मध्ये १२ जनालाई चेतवानी दिइएको छ जसमध्ये २ जना प्रहरी सहायक निरीक्षक, ३ जना हल्वदार र ७ जना जवान रहेको डिएसपी कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
कार्यवाहीमा पर्ने अधिकांश प्रहरीहरु मादक पदार्थ सेवन गरी ड्युटी गर्ने, आर्थिक अनियमितता, समयमा काम नगर्ने, चेन अफ कमाण्डमा नरहने लगायत प्रहरी नियमावली विरुद्ध काम गर्नेहरु छन् ।
त्यस्तै जनताको सेवामा तत्तपर रही संगठनलाई योगदान गरी पुरस्कृत हुनेहरुमा ४६ जना मध्ये २ जना नायब उपरीक्षक, १० जना निरीक्षक, ६ जना नायब निरीक्षक, २ जना सहायक निरीक्षक, १० जना हवल्दार र १८ जना जवान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

केकी अधिकारीले घर छाड्दा परिवार तनावमा (भिडियो सहित)

काठमाडौं, २६ असार । विश्वास बिना कुनै पनि व्यवहार तथा सम्बन्ध अघि बढ्न कठिन हुन्छ । त्यसमाथि परिवारमा त झनै विश्वासको आवश्यकता पर्छ । परिवारको एक सदस्यले अर्को सदस्यप्रति विश्वास राख्न सकिए त्यो परिवार खुसी र सुखी हुने छ ।
यस्तै देखाइएको छ– हालै सार्वजनिक ‘नाता’ म्यूजिक भिडियोमा । शान थापाको शब्दमा प्रकाश नेपालीले भरेको संगीत तथा सुनन्दा ढकालको स्वर रहेको सो नाता म्यूजिक भिडियोमा सम्बन्धमा विश्वासको महत्व देखाइएको छ ।
नाताको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् जसमा अहिलेकी चर्चित अभिनेत्री केकी अधिकारी, सन्तोष अनि बालकलाकार आरुषीको अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोमा केकीले घर छाड्दा उनको पति र छोरी तनावमा रहेका देखाइएको छ ।
भिडियोले पारिवारिक बिछोड अनि बाबु छोरीको सम्बन्धलाई देखाउछ । भिडियो आकर्षक बनेको छ भने गीतको संगीत पक्ष समेत राम्रो छ । शिवराम श्रेष्ठले खिचेको भिडियोको सुप्रिन पराजुलीले सम्पादन गरेका हुन् ।

लोकमानसिंह कार्की यसरी हुंनेछन् निलम्बित, गाह्रो छैन महाअभियोगको प्रक्रिया

डाक्टर गोविन्द केसीको माग ठीक वा बेठीक समीक्षाको विषय हो । तर, केसीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कार्कीको पद धरापमा पर्ने सजिलो बाटो भने फेला परेको छ ।
संविधानमा अख्तियार प्रमुखको कार्यावधी ६ बर्ष हुने उल्लेख छ । भाग २१ को धारा २३८ को उपधारा ३ एक पटक पढ्नुहोस् । सो भागको तस्बिर यहीं समाचारमा छ ।
अख्तियार प्रमुखको जागिर जाने ४ तरिका छन् । एकः निजले राजिनामा दिएमा । दुईः निज ६५ बर्ष पुगेमा । तीनः धारा १०१ बमोजिम महाअभियोग लागेमा । चारः शारीरिक वा मानसिकरुपमा काम गर्न असक्षम भनि संवैधानिक परिषद्ले गरेको प्रस्ताव राष्ट्रपतिले स्विकृत गरेमा ।
sambidhan-ma-maha-abhiyog-2
अब एकै छिन् गोविन्द केसीको माग नियालौं । उनले कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने माग गरेका छैनन् । उनी विरुद्धको महाअभियोग प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेर केसीले कानूनीरुपमा चलाखी गरेका छन् ।
त्यसो भए प्रक्रिया कसरी अघि बढ्छ त ? संविधानको धारा १०१ मा सर्वोच्व अदालतका प्रधानन्यायाधीश तथा संवैधानिक आयोगका प्रमुख र पदाधिकारीलाई महाअभियोग लगाउन सकिने प्रावधान छ । सो प्रावधान अनुसार संसदमा बहाल रहेका एक चौथाइ सदस्यले कसैका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सक्छन् । एक चौथाइ भनेको १४९ जना सभासद हो । कांग्रेस र एमाले कुनै एक दलकै संख्या महाअभियोग प्रस्ताव दर्ता गराउन काफी छ । यि दुई दलबाहेका दललेपनि महाअभियोग प्रस्ताव दर्ता गराउन सक्नेछन् । वा, स्वतस्फुर्तरुपमा सांसदहरु मिलेमा १४९ सदस्य पुर्याउन गाह्रो हुंनेछैन ।
sambidhan-ma-maha-abhiyog-1
महाअभियोग प्रस्ताव दर्ता भएमा के हुन्छ ?
समाचारमा संलग्न गरिएको धारा १०१ को उपधारा ६ राम्रोसंग पढ्नुहोस् । महाअभियोगको प्रस्ताव दर्ता भएपछि सम्बन्धित व्यक्ति स्वतः निलम्बनमा पर्नेछ । ऊ प्रस्तावको किनारा नलागेसम्म पदीय जिम्मेवारीमा रहेर भुमिका निर्वाह गर्न पाउनेछैन ।
प्रस्ताव आजको आजै टुंगो लाग्दैन । ११ सदस्यी महाअभियोग समिति हुनेछ । सो समितिले ३ सदस्यी कार्यदल बनाउनेछ । यस्तो हुंदाहुंदै बर्षौ बित्नेछ । महाअभियोग प्रस्ताव दर्ता भइहालेमा कार्कीको समयावधी रहिन्जेल प्रस्तावको छिनोफानो नहुंने तर उनले कामपनि गर्न नपाउने नियती हुनसक्छ ।
sambidhan-ma-maha-abhiyog-3
sambidhan-ma-maha-abhiyog-4
के महाअभियोग प्रस्ताव दर्ता होला ?
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाएकोमा धेरै नेताले आन्तरिकरुपमा पश्चताप व्यक्त गर्ने गरेका छन् । एमालेका केही नेतालाई अख्तियारले छानबिन थालेपछि नेताहरु अध्यक्ष केपी ओलीकोमा पुगेका थिए । छानबिनमा परेका नेताहरुले आफुहरुमाथि कार्कीले प्रतिसोध सांधेको भन्दै ओलीमाथि खनिएका थिए, ‘सर्पलाई दुध पिलाएर राख्ने ?’ ओली प्रधानमन्त्री भइसकेका थिएनन् । उनले मधुर स्वरमा भने, ‘कार्कीले खुट्टै समातेपछि नाइ भन्न सकिन । नियुक्तिका बेला कमजोरी भयो ।’ ओली पार्टी अध्यक्ष नभएपनि कार्कीको नियुक्तीमा उनले भुमिका खेलेका थिए ।
एमालेको एउटा हिस्सा कार्कीसंग असन्तुष्ट छ । एकीकृत माओवादीले कार्कीको नियुक्तीलाई आन्तरिकरुपमा त्रुटीपूर्ण ठहर गरिसकेको छ । कांग्रेस यहीं बेला ओलीमाथि चुनौति थप्न चाहन्छ । यि सबै हिसावले हेर्दा कार्कीमाथि चुनौति देखिन्छ ।
आठौं पटक अनसन थाल्दा केसीपनि आलोचित भएका छन् । जति नै आलोचना गरेपनि हिजो केसीलाई बोक्नेहरुले आज चटक्कै छाड्न नैतिक हिसाबले पनि गाह्रो छ । उनी यति जब्बर छन् की ७ पटक सरकारलाई झुकाइ छाडेका छन् । अबका दिनमा केसीकै वरिपरि संचारमँध्यम रहनेछन्ः पक्ष वा विपक्षमा । यस्तो स्थितिमा सांसद दबाबमा पर्नेछन् । केसीलाई मर्नबाट जोगाउनपनि केही बीचको उपाय खोजिनेछ । सम्भवतः महाअभियोग प्रस्ताव दर्ता गर्ने तर पारित नगर्ने विकल्पमा सांसद पुग्नेछन् । त्यसो भएपनि कार्की त निलम्बनमा पर्ने छन् ।
अख्तियारको प्रतिक्रिया
केसीले ४ सूत्रीय माग राखेको केही घण्टा नबित्दै अख्तियारले आक्रमक विज्ञप्ति निकाल्यो । केसीलाई मानसिक सन्तुलन गुमाएको लगायतका कुरा लेखेपछि अख्तियारको साख झनै खस्कियो । यो त संवैधानिक आयोग हो । केसीले मानसिक सन्तुलन गुमाएकै थिए भनेपनि आयोगले त्यो स्तरको गालीगलौज गर्न सुंहाउने थिएन । नागरिक केसीको शैली र संवैधानिक आयोगको शैली एउटै तराजुमा नाप्न मिल्दैन ।
विज्ञप्तिको चौतर्फी आलोचना भएपछि अख्तियारले निष्कर्ष निकाल्योः अब केसीका बारेमा आइनोपनि नगर्ने, मरे मरुन बांचे बांचुन । आयोगसम्बन्ध अधिकारीहरुसंग केसीका बारेमा सोध्यो भने बोल्न मान्दैनन् । अफ द रेकर्डमा भन्छन्ः ऊसले मर्छु भन्दैमा कसैले पद छोड्ने कुरा आउंछ ?

आलियाको पति को ?

असार २६, २०७३- खासगरी सेलिब्रेटीको रिलेसन स्टाटसमा फ्यानको बढ्ता चासो रहने गर्छ । मिडियामा पनि कुन सेलिब्रेटीको कोसँग अफेयर्स छ वा कसको ब्रेकअप भयो भन्ने हेडिङ बढी बिक्ने गर्छन् । यस्तोमा कोही पनि सेलिब्रेटी सिंगल रहनु वा स्टाटस लुकाएर बस्नु भनेको ठूलो दबाब खेप्नु पनि हो । 
बलिउडकी यतिबेलाकी हटकेक नायिका आलिया भट्टले पनि आफ्नो ‘पति’ र ‘प्रेमी’ को खुलासा गरेकी छन् । को हुन् त उनीहरू ? पक्कै पनि चासो हुन सक्छ । जवाफमा हाँस्दै ‘उड्ता पन्जाब’ नायिका बोलिन्, ‘एक्टिङ मेरो पति हो भने गायन प्रेमी ।’ 

मिडियाले बारम्बार सोध्ने वा को–स्टारसँग नाम जोडेर लेख्ने गसिपबाट वाक्कदिक्क भएकी आलियाले कटाक्ष शैलीमा यसो भनेकी थिइन् । तर आफ्नो भनाइको सफाइ दिँदै उनले अथ्र्याउन चाहिन्, ‘एक्टिङ मेरो जिन्दगीसँगै लामो यात्रा सहकार्य गर्ने चिज हो भने गायन भनेको मेरो रुचिको विषय हो । थाहा छैन, यी दुवैको मैले कहाँसम्म साथ पाउँछु ।’

‘स्टुडेन्ट अफ दी इयर’ मार्फत् बलिउड छिरेकी आलिया यतिबेलाकी सफल र चल्तीकी नायिकामा दरिएकी छन् । पहिलो फिल्मबाटै सफलता हात पारेकी आलियाका त्यसपछि आएका ‘हाइवे’, ‘टु स्टेटस्’, ‘हम्प्टी शर्माकी दुल्हनियाँ’ लगालग हिट भए । रिलिज अगावै अनलाइन लिक भए पनि ‘उड्ता पन्जाब’ ले बक्सअफिसमा मात्रै राम्रो कलेक्सन गरेन, आलियाको अभिनयको पनि राम्रो तारिफ भयो ।
एकपछि अर्को सफलतासँगै पाएको सुखद समीक्षाले पुलकित भएकी २३ वर्षीया आलिया माया प्रेमको चक्करमा भुलेर एक्टिङ करिअरलाई असर नपुर्‍याउने पक्षमा देखिएकी छन् । बरु उनको आँखा यतिबेला हलिउडतर्फ सोझिएका छन् । 

‘हलिउड मात्रै नभई म त पाकिस्तानी फिल्मदेखि दक्षिण भारतीय फिल्ममा समेत काम गर्न चाहन्छु,’ आलियाले हालै हलिउड नायिका जेनिफर लरेन्सको एक्टिङबाट आफू प्रभावित रहेको बताउँदै भनिन्, ‘मलाई पनि जेनिफरले ‘सिल्भर लाइनिंग्स 
प्लेब्याक’ मा खेलेको भूमिकाजस्तैमा काम गर्न मन छ । त्यस्ता भूमिकामा काम देखाउने बढी मौका मिल्छ ।’


निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति काेटा गायब निजी कलेजले प्राविधिक विषयमा बर्सेनि १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान टेरेनन्

निजी लगानीबाट सञ्चालित क्याम्पस/कलेजले बर्सेनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान भए पनि पालना नगरी ती कोटा गायब पारेका छन् । प्राविधिक विषयमा करिब दुई हजारको संख्यामा यो छात्रवृत्ति कोटा गायब हुँदै आएको छ । इन्जिनियरिङ, कृषि, वन, भेटरिनरी, स्वास्थ्यतर्फका एमडी/एमएस, एमडीएस, नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ, रेडियोलोजी, ल्याब टेक्नोलोजीलगायतक प्राविधिक विषय पढाउने संस्थाहरूले छात्रवृत्ति उपलब्ध नगराएका हुन् ।
यो कोटा लागू गराउन सरकारले पनि पहल गरेको छैन । निजी लगानीका कलेजका लागि बनाइएको मापदण्ड र सर्तको बुँदा १.१४ मा भनिएको छ, ‘प्राविधिक महाविद्यालय सञ्चालन गर्ने संस्थाले स्वदेशी लगानीकर्ता भए १० प्रतिशत र विदेशी लगानीकर्ता भए 
२० प्रतिशत नि:शुल्क छात्रवृत्ति सरकारलाई उपलब्ध गराउनुपर्नेछ ।’ तर, एमबीबीएस, बीडीएसबाहेक अन्य प्राविधिक कार्यक्रममा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी सरकारले छनोट नगर्दा यो अवसर गुमेको हो । 

शिक्षा मन्त्रालयले एमबीबीएस र बीडीएसमा वर्षमा कम्तीमा २ सय विद्यार्थीले छात्रवृत्तिमा छनोट गरेर कलेजमा पठाउने गरेको छ । यसरी छनोट नहुँदा इन्जिनियरिङमा मात्रै ९९२ विद्यार्थीले छात्रवृत्ति पाएका छैनन् । प्राविधिकतर्फका कुनै एउटा विषय पढ्न एक जनाको सरदर ५ लाख रुपैयाँ खर्चको हिसाब राख्दा छात्रवृत्तिबाट बर्सेनि २ हजार अभिभावकको सरदर १ अर्ब बच्छ । 

मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वदेशमा सञ्चालित कार्यक्रमसमेत सबै प्राविधिक विषयको जोड्दा करिब दुई हजार विद्यार्थीले छात्रवृत्ति पाउनुपर्छ । ‘अहिलेसम्म एमबीबीएस र बीडीएसका जस्तो संस्थागत रूपमा कसैले पनि छात्रवृत्ति दिएका छैनन्,’ उनले भने । महालेखा परीक्षक कार्यालयले हरेक वर्ष छात्रवृत्ति नीति कार्यान्वयन नभएको भन्दै आफ्नो प्रतिवेदनमा शिक्षा मन्त्रालयको कमजोरी औंल्याउँदै आएको छ ।
‘एमबीबीएस लगायत चिकित्सा विषय सञ्चालन गर्ने कलेजबाट छात्रवृत्ति उपलब्ध गराउने गरेको देखियो तर नीतिअनुसार सञ्चालन भएका इन्जिनियरिङलगायत अन्य प्राविधिक कलेजहरू, मेडिसिनतर्फ स्नातकोत्तर पीजी सञ्चालन गर्ने कलेजबाट नि:शुल्क छात्रवृत्ति मन्त्रालयलाई प्राप्त भएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘निजी लगानीमा प्राविधिक महाविद्यालय सञ्चालन गर्ने संस्थाबाट नि:शुल्क छात्रवृत्ति कोटा उपलब्ध गराउन आवश्यक पहल गर्नु जरुरी छ ।’

इन्जिनियरिङ काउन्सिलले त्रिभुवन विश्व–विद्यालय, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चलको आंगिक र सम्बन्धन प्राप्त दुवै गरी देशभरि ५१ इन्जिनियरिङ कलेजलाई गत वर्ष ८ हजार ९ सय २३ विद्यार्थी भर्नाको कोटा दिएको थियो । यसलाई आधार मान्ने हो भने ९९२ विद्यार्थीले छात्रवृत्ति पाउँथे । विश्वविद्यालयको आफ्नै आंगिक कलेजले छात्रवृत्ति दिए पनि सम्बन्धन दिएका कलेजले पहुँचवालालाई मात्रै निश्चित छात्रवृत्ति दिँदै आएका छन् ।

काउन्सिलले त्रिभुवन विश्वविद्यालयका १० निजी कलेजमा मात्रै दुई हजार ३८ भर्ना कोटा तोकेको थियो । यसअनुसार त्रिविअन्तर्गत मात्रै २०३ जनाले छात्रवृत्ति पाउने थिए । पूर्वाञ्चलका १५ कलेजमा दुई हजार एक सय ४५ कोटा निर्धारित थियो । यसलाई आधार मान्दा २१४ ले छात्रवृत्ति पाउँथे । पोखरा विश्वविद्यालयका १४ इन्जिनियरिङ कलेजमा दुई हजार ८ सय ३२ कोटा छुट्याएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष सत्यनारायण साहले मन्त्रालयले कलेज सञ्चालनको एलओआई दिँदा नै छात्रवृत्ति दिनुपर्ने सर्त राखेकाले सबै कलेजले उपलब्ध गराउनुपर्ने बताए । 

त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. त्रिरत्न बज्राचार्यले संस्थानले लिने प्रवेश परीक्षाका आधारमा आंगिक र सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिइने दाबी गरे । छात्रवृत्ति पाउने विद्यार्थी मन्त्रालयले नै छनोट गर्नुपर्नेबारे आफूलाई जानकारी नभएको उनले जनाए । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन अफ नेपालका उपाध्यक्ष गोपी न्यौपानेले प्रवेश परीक्षाको मेरिट आधारमा ५ प्रतिशत र विपन्न, महिला, जनजाति, अपांग लगायतलाई ५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको बताए । 


नजिक सम्बन्ध भएकाहरुसँग पासवर्ड सेयर गर्नुहुन्छ ?

विश्व झन् झन् साँघुरिँदैछ, प्रविधिले गरेर । मोबाइलकै मद्दतले अचेल सबथोक गर्न सकिन्छ, आर्थिक क्रियाकलापदेखि मानवीय भावना पोख्न ठाउँ पनि बनेको छ, यो । यस्तोमा विश्वास र गोप्यताको प्रसङ्ग पनि यससँग जोडिन आउने गर्छ । जत्तिकै नजिकको सम्बन्ध भए पनि, जत्तिकै विश्वास भएको भए पनि के मोबाइलकै मद्दतले ती सबै क्रियाकलापहरूसँग कसैको पहुँच हुन सक्छ त ? पासवर्ड सेयर गर्न सकिन्छ, अथवा गर्नु हुन्छ त ? केही सेलिब्रिटी र आम विद्यार्थीको विचार बुझ्न चाहेको छ, हेलो शुक्रबारले ।
अश्मि श्रेष्ठ, मिस नेपाल

मैले आज के–के काम गर्नुपर्ने हो, कोसँग भेट्नु छ, सबै सेड्युल मोबाइलमा सेभ गरेकी हुन्छु । मिटिङमा भएका निर्णयहरू पनि त्यसैमा हुन्छ । त्यसैले यदि मोबाइल हराइहाल्यो भने, मेरो दैनिक तालिका पूरा गडबड हुन्छ । त्योभन्दा पनि मैले सुरक्षित गरेका यस्ता फोटाहरू हराउँछन्, जो चाहेर पनि कलेक्सन गर्न सक्दिनँ । मोबाइल भनेको आफ्नो निजी हो । यो अरूलाई दिने, सेयर गर्ने होइन । मोबाइलको सेक्युरिटी की आफैंसँग सुरक्षित हुनुपर्छ । फेसबुकको पासवर्ड पनि सेयर गर्न हुन्न । चाहे त्यो ब्वाइफ्रेन्डसँग होस् वा श्रीमान्सँग नै । किनभने हरेकको आ–आफ्नो प्राइभेट जीवन हुन्छ । जियोनी एस–६ बाटै म फेसबुक, इन्स्टाग्राम चलाउँछु । न्युजहरू अपडेट भइरहेकी हुन्छु । तर, मोबाइलबाट सोसल नेटवर्क साइटहरू प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । दोस्रो मोबाइल, डिभाइस, एप्स वा ब्राउजरबाट फेसबुक एकाउन्ट लगअन गर्दासमेत सेक्युरिटी सिस्टमको ख्याल गर्नुपर्छ । बेलाबेला फेसबुकको पासवर्ड चेन्ज गरिरहनुपर्छ ।
नवयुग श्रेष्ठ, फुटबलर
म सामसुङको एस–७ एड्ज चलाउँछु । यसैमा गेम खेल्छु, फेसबुक चलाउँछु, भिडियो हेर्छु  । मैले मोबाइलबाट बैंकिङ कारोबार गरेको छैन । तर, आफ्नो पारिश्रमिक आएको यसैबाट थाहा हुन्छ । हामी ग्रुपमा बस्ने भएकाले एकअर्काको मोबाइल चलाइरहेका हुन्छौं । निजी मोबाइल अरूलाई छुनै दिन हुन्न भन्ने लाग्दैन । तर, विश्वास हुनुपर्छ । अहिले मोबाइलबाट धेरै किसिमका कामहरू भइरहेको हुन्छ । कति प्रसंगमा गोप्यता पनि चाहिन्छ । अहिले मोबाइलका कारण फेसबुक चलाउन सजिलो भएको छ । तर, कामधन्दै छाडेर फेसबुकमा भुल्नु ठीक लाग्दैन । फेसबुकमा धेरै विश्वास पनि गर्नु हुँदैन । यसमा त नानाथरीका कुराहरू हुन्छन् । त्यो सबैलाई पत्याउने पनि हुँदैन । फेसबुक चलाउँदा सचेत हुनुपर्छ ।
इन्दिरा जोशी, गायिका

मलाई मोबाइलप्रति उस्तो आशक्ति छैन । कहिलेकाहीं घरमै पनि छोडेर हिँडिदिन्छु । मोबाइलमै लम्पट भएर लागेको त्यति मन पर्दैन । मोबाइल अरूलाई दिनै हुन्न भन्ने पक्षमा पनि छैन । अक्सर कार्यक्रममा म सहयोगी साथीको हातमा मोबाइल दिएको हुन्छु । कन्सर्टमा फोटो खिच्नका लागि पनि अरू कसैलाई मोबाइल दिन्छु । मेरो मोबाइलको सेक्युरिटी की छैन । एकदमै खुला छ । फेसबुक, इन्स्टाग्राम चौबिसै घण्टा अन हुन्छ । तैपनि मैले यसबाट कुनै समस्या बेहोर्नुपरेको छैन । किनभने मेरो फ्रेन्ड सर्कल नै विश्वासिलो र अरूको चियो चर्चा नगर्ने खालका छन् । घरमा पनि अरूको फोन हेर्ने, उठाइदिने गर्दैनन् । मेरो भन्नुको अर्थ यो होइन कि, फोन जथाभावी छोड्दा हुन्छ । यो एकदमै निजी कुरा हो । कति निजी कुराहरू अरूसँग सेयर गर्न मिल्दैन पनि । यसका निम्ति सेक्युरिटी टुल्सहरूको प्रयोग गर्नुपर्छ, ढुक्क हुन्छ । म सामसुङको ग्यालेक्सी नोट थ्री बोक्छु । यसमा मेरो धेरै सम्पर्क नम्बर छन् । फोटाहरू पनि यसैमा राखेकी छु । दिनभर गर्नुपर्ने कामको सेड्युल पनि मोबाइलमै हुन्छ । त्यसैले मोबाइल हरायो भनेचाहिँ बर्बादै हुन्छ जस्तो लाग्छ ।
ममता चापागाईं, मोडल

मोबाइलले हामीलाई धेरै कुुरामा सहज बनाइदिएको छ । मोबाइलकै माध्यमबाट धेरै कामहरू पनि भइरहेको छ । सदुपयोग गर्न सक्यो भने मोबाइल एकदमै उपयोगी छ जस्तो लाग्छ । तर, अहिले बढी मात्रामा यसको दुरुपयोग भइरहेको हो कि जस्तो लाग्छ । या त हामीले यसलाई सही रूपमा प्रयोग गर्न सकिरहेका छैनौ कि जस्तो लाग्छ । किनभने जतासुकै हेरौं, सवैजना मोबाइलमा झुन्डिरहेका हुन्छन् । कोही कसैसँग कुराकानी गरिरहेकै हँुदैनन् । या मोबाइलमा गेम खेलिरहेका हुन्छन्, या त फेसबुकमा झुलिरहेका हुन्छन् । यसरी वास्तविक संसारलाई छाडेर भर्चुअल संसारमा रमाउनु पनि त्यति राम्रो होइन होला । साथै पर्सनल कुराहरू सेयर गर्ने, साथीलाई देखाउने पनि होइन । यसले निकै ठूलो समस्यामा पार्न सक्छ ।
सम्पदा श्रेष्ठ, विद्यार्थी

मलाई लाग्छ, अहिलेको पुस्ताले मोबाइल सेल्फी खिच्न, फेसबुक चलाउन, गेम खेल्न बढी प्रयोग गर्छन् । हामी पनि प्राय: मोबाइलमा यस्तै कुरामा रमाइरहेका हुन्छौं । प्रविधिप्रति रूची हुनु नराम्रो होइन । यसलाई धेरै भन्दा धेरै उपयोग गरेर हामीले आफ्नो जीवनलाई सहज र छरितो बनाउन सक्छौं । अहिले बत्तीको बिल तिर्ने, वैंकिङ कारोवार गर्ने, अनलाइन सपिङ गर्ने काम पनि मोबाइल मार्फत हुन थालेको छ । तर, यसले सुविधा मात्र दिएको छैन, सुरक्षा खतरा पनि बढएको छ । मोबाइलकै कारण अहिले मान्छेको गोपनीयता सजिलै भंग हुन सक्छ । कलहको विउ पनि यही नै बन्ने गरेको छ । खासगरी मोबाइलमा खिचिएको निजी फोटो, भिडियो सजिलै अरूको हातमा पुग्ने डर हुन्छ । त्यस्तै, यसैमा फेसबुक चलाउने भएकाले पासवर्ड ह्याक गरेर अरूले आफ्नो गोपनीयता थाहा पाउन सक्छन् । यस्तोमा विचार पुर्‍याउनु पर्छ ।


अमेरिकाले फेरी रेड कार्ड देखायो

म एक आम शिक्षित नवजवान नेपालीको यहाँ प्रतिनिधी पात्र मात्र हुँ । यो भोगाइ मेरो हैन तिनै बर्सेनी अमेरिकाका विश्वबिद्यालयबाट रिजेक्ट खेपिरहने ‘फ्रस्ट्रेटेड’ युवाहरुको  हो ।  नेपाल दिनानुदिन युवापुस्ताको लागि निराशाको कथा बोकेको भूमि बन्न पुगेको छ । नेपालका धेरै विशेषता छन् । ती मध्ये आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै बिदेशी भाषा, बिशेषगरी अंग्रेजी बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरु छन् । स्कुल देखी नेपालका कलेज विश्वबिद्यालयसम्म बिदेश जान योग्य युवायुवती तयार गर्ने कारखाना बनेको छ । उच्च शिक्षा पढ्ने अवसर नेपालमा नभएको होइन । तै पनि जीवनमा एकपटक बिदेश गएर पढ्नु पर्छ वा विदेश गएर कमाउनु पर्छ भन्ने सोच छ । कोही विदेश गएन भने ऊ अयोग्य व्यक्ति हो भनेर समाजले ठहर्‍याउँछ ।   यस्ता धेरै युवा मध्ये अमेरिका जान प्रयासरत युवाहरुको प्रतिनिधि पात्रको कथा हो यो ।  जुलाई महिनाको पहिलो सातातिर आइपुग्दा ‘फल’ सेसनका लागि अमेरिकाका विश्वबिद्यालयले आमन्त्रित गरेका नवजवानहरु निकै हर्सित छन् । भिसा हातहातमा आइसकेको छ । मनमा छुट्टै उल्लास छ । अगस्ट महिनाको दोस्रो हप्ता भित्रमा मिल्ने गरी प्लेन टिकेट पनि बुकिङ छ । बस्नको लागि उता गएका वा भएका पूर्व साथी वा दाई–दिदीहरुसँग कुरा हुन थालेको होला ।  कोहीकोही साथीहरु संगै जाने सल्लाह पनि गरिरहेका छन् । सम्बन्धित विश्वबिद्यालयका नेपाली विद्यार्थी युनियनहरु पनि योबेला बस्न फ्ल्याट वा अन्य चाजोपाजो मिलाइदिने काममा व्यस्त हुन्छन । सपिङको चटारो त छँदैछ, आफन्तजन भेट्घाट तीब्र पनि भैरहेको होला । कोइ फिजिकल फिट्नेस् का लागि जिममा गएर त कोइ एरोबिक्समा ‘वोर्काउट’ गरेर बिहानी ब्यथित गर्दै होलान । ड्राइभिङ सिक्ने र यथासम्भव यही महिना भित्र लाइसेन्स निकाल्ने ‘महाअभियान’मा पनि थुप्रै साथीहरु जुट्नु भएको होला । बधाई र शुभकामना उहाँहरुलाई ।  आफ्नो चाँही यसपाली अमेरिकाले रिजेक्ट लेटर थमाइदियो । र, यि सबै काम गर्नबाट म बञ्चित रहेँ । अमेरिका जान नपाएको भन्दै ममाथि म कमजोर, नालायक व्यक्ति हुँ भनेर समाज र परिवारले लाञ्छना लगाउन थाल्छ भन्ने कुरा मलाई थाहा छ ।  मसँग त्रिभुवन विश्वविद्यालमा फिजिक्समा प्रथम श्रेणीको सक्कली प्रमाणपत्र छ । आफूले सक्नेसम्म पढियो तर आफुले चाहेको बिषयमा पि.एच.डि. गर्ने अवसर देशमा नभएपछि र समाजको चाहाना बुझेपछि वाध्य भएर बिदेशिनु पर्ने अवस्था सिर्जना भयो । नेपालमा प्राय जुन सुकै गैरप्राविधिक बिषयमा पनि मास्टर सकेपछी पढाउने बाहेक अरुमा अवसर पनि देखिदैन । शिक्षा संकाय पढेकाहरुको विषय नै पढाउने हो तर यहाँ माइक्रोबायोलोजी वा इन्फर्मेसन टेक्नोलोजी पढेका विद्यार्थीहरुले टेक्निकल काम नपाएर बढाउनु पर्ने ‘बाध्यता’ बनेको छ । विदेशमा भए शिक्षकलाई निकै सम्मानजनक पेसा मानिन्छ । नेपालमा भने पढाउने काम जस्तो जस नपाउने काम अरु छैन । कलेजका ब्यवस्थापकको चाप्लुसी गर्नु पर्ने त छदैछ, थप रिजल्ट आएपिच्छे ‘विद्यार्थीको भविष्य बर्बाद गर्ने शिक्षक’ भनेर आरोपित हुन जुनसुकै बेला तयार हुनु पर्छ । अनी कुनै विद्यार्थीले डिस्टिङ्सन ल्यायो भने उस्ले आफ्नै बनी बुताले ल्याएको हुन्छ, फेल हुने विद्यार्थी त सधैं शिक्षककै लापर्बाहीले भएको मानिन्छ । मेरो हकमा यो रुटिनमा बाँचेको पाँच बर्ष भयो । यो पेसाले न त राम्ररी खान पुग्छ, न सन्तुष्टि नै दिन सक्छ । त्यसमाथि केही वर्ष यत्तिकै बस्दा समाजले शिक्षक भएर समाजका लागि केही गरेको भन्दैन, नालायक भएर नेपालमै अड्किएको लन्छना लगाइरहन्छ ।  फिजिक्स बिषय मेरो चासोको बिषय भएर मैले पढेको थिए । ब्याचलर गर्दैगर्दा थाहा भयो यो पढेपछी त नेपालमा शिक्षक हुने रहेछ । शिक्षक नै बन्नु थियो भने त म मास्टर लेबलसम्म यसरी राजधानी आइ दु:ख गरेर फिजिक्स पढ्दैन थिए, गाउकै कलेजमा शिक्षा संकायमा बिज्ञान बिषय लिएर भर्ना हुन्थेँ । आखिर अर्को बाटो हिँड्दा पनि आएर उही शिक्षक हुनुपरे पछि कुरा उही त रहेछ: । शिक्षा संकाय पढ्दा शिक्षक सेवा लड्न लाइसेन्स समेत नचाहिने रहेछ ।  आफुसरहका साथीभाइ करोडपती भइसके । सरस्वतिको अन्धभक्त भएर शिक्षालाई आत्मासाथ गरेर हिंड्ने म आज समाजका नजरमा झन्डै झन्डै नकामको भईसके । दुई आना घडेरी जोड्न समेत सोच भन्दा परको कुरो बनेको छ । सबैभन्दा राम्रो पढ्ने भनेर स्कुलै देखी पटक पटक पुरस्कृत हुँदै आएको म परिवारको पनि आशाको राम्रै केन्द्र थिए । छिट्टै कुनै भरपर्दो बाटो नसमाते म अब कुनै अन्नपानीको आश गर्न नसकिने निरझर मरुभुमी तुल्य हुने वाला थिए ।  अब मेरो जिन्दगीमा ठुलै ‘मिराकल’ चाहिएको थियो । हो, त्यो मिराकल बनेर आयो अमेरिकाको पि.एच.डि. । मैले पनि शिक्षण पेसा छाडेर अमेरिकामा गएर पिएचडी गर्ने योजना बनाएँ । आखिर को को गए त पि.एच.डि गर्न भनेर एक रात घोत्लिएर लिस्ट निकालेँ । डिग्री सकेको पाँच बर्षमा थुप्रै बिदेसिएछन । खान लाउनैको चपेटामा रुमल्लिएको म पि.एच.डि. तिर त पहिले सोच्नै पो कहाँ भ्यांए र ? तसर्थ, पढाउने सर्वसुलभ काम बाहेक अरु धेरै अवसरहरुका बारेमा म बेखबर नै   थिएँ । अब्बल त अब्बल भैगए, शैक्षिक रुपले म जस्तै वा म भन्दा धेरै कम्जोर साथी भाई पनि करीब डेढसयको हाराहारीमा अमेरिकामा भौतिक शास्त्र सम्बन्धी बिषयमा टिचिङ वा रिसर्च असिस्ट्यान्ट भै, स्टेट र युनिभर्सिटी हेरी, वार्षिक ९ देखी ४४ हजार सम्मको डलर कमाउदै रहेछन् ।  बुझ्दै जाने क्रममा केही साथीहरु फेला परे, उनिहरु पनि अमेरिका जाने ध्यमवन्तीमा रहेछन । ग्राजुएट रेकर्ड एक्जामिनेसन नामको एउटा अंग्रेजी स्ट्यान्डर्डाइज्ड परीक्षाको तयारी कक्षामा भर्ना भैसकेपछी पो थाहा भयो, मेरा जस्ता इच्छा बोकेका युवा युवती कमिलाका भन्दा बढी ताँती बनाएर बर्सौ बर्ष देखी बसिरहेका रहेछन् । सबैको मिसन अमेरिका ।     बिसौ हजार खर्च गरेर जी.आर.इ. परिक्षा दिइयो । अब फेरी टोफेल गर्नु पर्ने भयो, त्यो पनि गरियो । नोभेम्बर देखी जोडतोड सँग आवश्यक कागजात पुर्‍याउन दौडधुप पनि गरियो । यता अनलाइन फर्म पनि सब्मिट गरियो अनी सिफारिस, अभिप्राय पत्र र ट्रान्स्कि्रप्ट एवं युनिवर्सिटीको ठेगानामा एक्स्प्रेस मेल पनि गरियो । जनवरी सम्म सब टन्टा सकेर मन को लड्डु घिउ सित खाने बाहेक अरु केही भएन ।   सिमित हजारको साख्यामा यसपाली विद्यार्थी छनोट भएपनि दसौ हजार विद्यार्थी ‘रिजेक्टेड’ भएका छन् । त्यसमध्ये म पनि एक बन्न पुगेँ । धेरै रिजेक्टहरुले आगामी बर्षहरुमा पनि कोही उच्च शिक्षाको भित्री इच्छालाई सत्यतामा बदल्न, कोही देखासेखी र व्हिममा वा कोही पारिवारिक सामाजिक दबाबमा एप्लाई गरिरहने छन् । कोहिले तेत्तिकै गर्लान, कोहिले कागजात अझ दरिलो बनाएर वा कोहिले टेस्ट रिपिट गरेर । लक्ष्य राखेपछि उनीहरु किन चुप लाग्थे र ? अमेरिकन ड्रिम जिउन चाहने उहाहरुलाई शुभकामना । तर म फेरि अमेरिका लैजाने प्रकृतिका कुनै पनि आवेदन नभर्ने निर्णयमा पुगेको छु । यसो भनी रहदा म आज अफु भित्र आएको गजबको परीपक्वताको महशुस पनि गर्न सफल भईरहेछु ।   आखिर यो बिदेश मोह किन त ? १२ कक्षा सकेर फ्याट्ट अमेरिका एप्लाई गर्ने पनि अहिले उत्तिकै छन् । शैक्षिक गन्तब्यको हिसाबमा जापान र अस्ट्रेलिया पछी अमेरिका तेस्रो मुख्य देश रहेछ । आम युवा पढाई भन्दा ज्यादा त्यहाँको जीवनगुणस्तरका हिसाबले अमेरिका छुट्ने प्लेन चड्न बढी लालायित भएको पाईन्छ । त्यहाँ बिद्यावारीधी सकिसकेपछी स्वदेशमा स्कोप हुने बिषय बिरलै छन् । यती बुझ्दा बुझ्दै पनि म जस्ता युवा अमेरिका अवसरको भुमी हो भन्ने सोचका साथ चान्स मिले उतै ‘सेटल’ हुने मनसायका साथ आवेदन गर्दैछन् । जसरी गएनी अमेरिका नै हो भनेर डिभि भर्न पनि कतै बाट कुनै कसुर नराख्ने शिक्षित युवा जमातमा हिजोसम्म मै पनि थिए । आज म एकजना छुटेर के भो, अरु त लाइनमा छँदैछन् ।   अमेरिका अप्लाई गर्ने क्रममा प्लस टु देखि पिएचडी गर्नेसम्मको सोच र लक्ष्य देखेपछि मलाई लाग्यो, यो देश चाँडै बृद्दाश्रम तिर जाँदैछ । योग्यता, अनुभव र शिप अनुसारको काम र दाम दिलाउने सामाजिक परीपाटीको यथासक्य चाडो बिकास गर्न नसकिए त्यो दिन आउन अब धेरै टाढा छैन पनि । 

परिणितीलाई रिप्लेस गर्ने यी नायिका को हुन् ?

नायिका परिणती चोपडाको करिअर अहिले सुखद छैन । निरन्तर चलचित्र असफल भएपछि परिणतीले चलचित्रबाट एक बर्ष ब्रेक लिइन् । उनी हाल एक बलिउड चलचित्रमा काम गरिरहेकी छिन् । उनै परिणतीले एक तामिल–तेलुगु चलचित्र छाडेकी छिन् । सुपरस्टार महेश बाबुको साथमा परिणती देखिने चर्चा थियो । तर, उनले अचानक यो चलचित्र छाडेपछि नयाँ नायिकालाई ल्याइएको छ ।
चलचित्रको नाम अझै तय भएको छैन । अब, नायिका राकुल प्रित सिंह यो चलचित्रमा महेश बाबुकी नायिकाको रुपमा देखिनेछिन् । ए आर मुरुगदोसले यो चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रका लागि परिणतीले चर्को पारिश्रमिक मागेको चर्चा पनि चलेको थियो ।

पोर्न उद्योगमा जबर्जस्ती !

पोर्न उद्योगमा समेत यौनकार्यका लागि जबर्जस्ती हुन्छ भन्ने सुन्दा अचम्म लाग्दछ । पोर्न फिल्मका स्टारहरु आफ्नै राजिखुसीले विभिन्न खाले पोर्न गतिविधिमा संलग्न हुँदाहुन् भन्ने अनुमान गरिन्छ । तर होइन रहेछ । जापानको पोर्न उद्योगमा जबर्जस्ती हुने गरेको खुलासा भएको छ ।
जापानको पोर्न उद्योगको एक संस्थाले ऊमाथि लागेको गम्भीर आरोपका बारेमा माफी माग्दै गल्ती सच्याउने बाचा गरेको छ ।
पोर्न उद्योगमा काम गर्ने एक महिलाले आफुले नचाहेको यौनकार्यमा संलग्न गराएको गुनासो गरेपछि जापानी पोर्न उद्योगको आलोचना भएको थियो ।
जापानको एडल्ट सेक्स उद्योगमाथि मानव अधिकार हननको आरोप लाग्ने गरेको छ । बौद्धिक सम्पदा संवर्द्धन संगठनले पोर्न उद्योगहरुलाई निर्देशन दिँदै महिला पोर्न कलाकारहरुको इच्छा विपरितका यौन कार्यमा सहभागी नगराउन भन्दै यदि त्यस्तो गरेको पाइएमा जरिवाना गरिने चेतावनी दिएको छ ।
यो महिलाको सुरुमा एक पोर्न कलाकारले पोर्न फिल्म खिच्ने क्रममा आफुमाथि क्यामरा अगाडि लगातार बलात्कार भएको गुनासो गरेसँगै ट्यालेन्ट एजेन्सी माक्र्स नामक पोर्न फिल्म निर्माता कम्पनीका अध्यक्ष र अन्य दुइ कर्मचारीलाई गिरफ्तार गरेको थियो । ती महिलालाई जागिरबाट निकाल्ने धम्की दिँदै लगातार बलात्कार गरिएकेा उनको गुनासो थियो ।

तमोर नदी पहिरोले थुनियो, तीन बजार जोखिममा

ताप्तलेजुङ । ताप्लेजुङको सावादिन गाविसमा गएराति गएको पहिरोले तमोर नदी थुनिएर खोलाको धार परिवर्तन हुँदा नदी किनारमा रहेका तीनवटा बजारहरु जोखिममा परेका छन् ।
खोला थुनिएरे फुरुम्बु गाविसमा रहेको मितलुङ बजार नजिकै भएर बग्न थालेपछि मितलुङ बजार सहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेका छन् ।
राति करीव दुई बजेको समयमा तमोर नदी पारी सावादिन गाविसको नाक्ला भिरबाट पहिरो झरेपछि तमोर नदी केहि समय थुनिएको थियो । अहिले खोलाको धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजार सहित केहि किलोमिटर तल नदी किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको प्रहरीले बताएको छ ।
मितलुुङ बजारमा रहेका स्थानीय शिक्षक चन्द्र तामाङले मितलुङ बजारको तल्लो भाग पुरै थुनेर पानी बस्तीमा पस्न थालेको जानकारी दिए । नदी थुनिएर बनेको पोखरीको भागबाट पानी निकास हुन थालेको भएपनि थप पहिरो झर्ने क्रम जारी रहे बस्ती बगाउने संभावना उच्च रहने उनको भनाइ छ ।
अहिले मितलुुङ बजारका स्थानीय बजार छाडेर माथिल्लो भागमा सर्न थालेका छन् भने दोभान र हान्दु्रङका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह गरीएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुुख इन्सपेक्टर शैलेन्द्रकुुमार यादवले बताए ।
मितलुङ बजारमा २१ घर रहेका छन् भने हान्द्रुङमा ३० भन्दा बढी र दोभानमा ७० भन्दा बढी व्यापारीक घरहरु रहेका छन् । घटना स्थलमा सिवा प्रहरी चौकीबाट प्रहरी पुगिसकेको प्रमुख यादबले बताए । अहिले मितलुङ बजार नजिकैको जिवन लाबुङ र दिलबहादुर लाबुङको घर डुवानमा परेको छ भने जिवन लाबुङको एक हल गोरु रातिनै बगाएको प्रहरीले बताएको छ । क्षतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

स्पेनको बुल फाइट : मैदानमै बुल फाइटरको मृत्यु (भिडियोसहित)

स्पेनमा साँढे (बुल) को आक्रमणमा परि एक जना बुल फाइटर (माटाडार–साँढेसँग लड्ने व्यक्ति) को ज्यान गएको छ । २१ औं शताब्दीमा बुल फाइटको क्रममा रिङ (मैदान) मै बुल फाइटर मारिएको यो पहिलो घटना हो । २९ वर्षका बुल फाइटर भिक्टोर बार्रिओलाई साँढेले मैदान भित्रै सिङले छातिमा हानेको थियो । साँढेले बार्रिओको दायाँ छातिमा सिङले हानेको हो । स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा यो घटना भएको हो ।
यो बुल फाइट स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । यसअघि सन् १९८५ मा जोसे कुबेरो नाम गरेका बुल फाइटरको मैदानमै साँढेको आक्रमणमा परि ज्यान गएको थियो । स्पेनका प्रधानमन्त्री कारिएनो राजोयले बार्रिओप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । बुल फाइटको क्रममा २० औं शताब्दीमा ३३ जना बुल फाइटरसहित एक सय ३४ जनाको साँढेको आक्रमणमा ज्यान गएको थियो ।
स्पेनमा बुल फाइट निकै लोकप्रिय छ । तर पछिल्लो समय बुल फाइटर भने घट्दै गएका छन् । अहिले पनि दुई हजारको हाराहारीमा बुल फाइटर छन् । विपक्षीले यो खतरनाक भएको भन्दै प्रतिबन्ध लगाउन माग गरेका छन् भने प्रधानमन्त्री राजोयले बुल फाइट स्पेनको प्राचिन सँस्कृतिसँग जोडिएको भन्दै प्रतिबन्ध लगाउन नमिल्ने बताउनुभएको छ । स्पेनका दुई क्षेत्रमा भने बुल फाइटमा प्रतिबन्ध लागेको छ । 

अफ्रिकाको बाख्रा नेपालमा

जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६७ लाख अनुदान वितरण गरेको छ। 
 
पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपंक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई दुई लाखदेखि तीन लाख रुपैयाँसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डा माधव दाहालको नेतृत्वमा आज गरिएको अनुगमन तथा निरीक्षणबाट देखिएको हो। 
 
अनुगमनमा सहायक प्रजिअ गोविन्द सापकोटा, प्रमुख वन अधिकृत बोधराज सुवेदी, कोष अधिकृत दिनेश पोखरेल, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, महिला विकास अधिकृत इन्दिरा ओझा, पशुसेवा कार्यालयका डा कुमार खत्री र रासस मेची अञ्चल कार्यालयका प्रमुख मोहम्मद सदरुल लगायत सहभागी थिए । 
 
अनुगमनका क्रममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सञ्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन् । दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। 
 
उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकुल वातावरण नभए पनि बिस्तारै अनुकूल हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिने छ। 
 
यसैगरी गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवद्र्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट तीन लाख अनुदान पाउनुभएका परियोजना सञ्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल भएका छन्।  दैनिक २२५ लि दुग्ध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट ९० हजार थप अनुदान प्राप्त भएको थियो। 
 
पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यावसायिक एवम् सुदृढ बनाइने सिटौलाको भनाइ छ।

कसरी सम्भव भयो चार अंकको एटिएम पिन नम्वर ?

हामीले प्रयोग गर्ने गरेको एटिएम कार्डमा पिन नम्वर ४ अंकको मात्रै हुने गर्छ।
 
चार अंकको नम्वर भएकाले नै सबैले सहजै रुपमा सम्झन सक्छौँ। यदि रिचार्ज कार्डमा जस्तै धेरै अंकको पिन नम्वर हुन्थ्यो भने त्यो नम्वर सम्झन नसकेर आफूसँगै बोकेर लैजानुपर्ने बाध्यता समेत हुने थियो।  सम्झन सहज गराउने उद्देश्यले नै एटिएममा ४ डिजिट राखिएको हो। तर ४ डिजिट राख्न पनि आविश्कार गर्नेलाई कहि कतैबाट हौसला मिलेको छ। 
 
एटिएमका आविश्कारक जोन अड्रियन सेपर्ड बारोनले सुरुमा ६ वटा अंकको पिन नम्वर तय गरेका थिए।  तर उनकै श्रीमतीलाई नै ६ वटा अंक सम्झन समस्या भयो। ४ वटा अंक भने सजिलै सम्झने भइन्। त्यसपछि उनले वर्षको सालमा पनि ४ डिजिट हुने भएकाले ४ डिजिटमै पिन नम्वर हुनुपर्ने भन्ने कुरा उठाइन्। 
 
बारोनलाई श्रीमतीको कुरा ठीक लाग्यो। श्रीमतीलाई नै सम्झन समस्या हुने गरेको ६ अंक अरुलाई पनि समस्या हुन सक्ने भन्दै उनले ४ वटा अंकमा पिन नम्वर झार्ने प्रयास गरे। उनको प्रयास सफल भयो। एटिएमको पिन नम्वर ४ वा ६ डिजिटमा प्रयोग हुन थाल्यो। परीक्षण सफलपछि बारोनले यसको श्रेय आफ्नो श्रीमतिलाई दिने गरेका छन्। 
 
हाल नेपाली सबै बैंकहरुले एटिएम कार्डमा ४ वटा नम्वरको पिन उपलव्ध गराउने गर्दछन्। तर पिन नम्वरमा ६ ‘डिजिट’ भएका एटिएमहरु पनि संचालनमा छन्। 
 
भारतको ‘कोटक महिन्द्रा बैंक’सहित कतिपय देशका बैंकहरुले भने ६ वटा नम्वरकै पिन कोडमा आधारित एटिएम संचालन गरिरहेका छन्।  
 

विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । 
 
भूकम्पले सर्वसाधारणमा त्रास बढाइरहेको समयमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले भूकम्पको जानकारी दिने यन्त्र बनाउन सफल भएका हुन् । भूकम्प आयो वा आइरहेको कुराको अलर्ट दिने भूकम्पसूचक यन्त्र दुई प्रकारका छन् । सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको सङ्केत दिने कुरा यन्त्र बनाउन संलग्न विद्यार्थी अमृत सापकोटाले बताए। 
 
सूचकमध्ये पानीको प्रयोग गरी निर्माण गरिएको सूचकले पानीको सतहको तरङ्गको आधारमा भूकम्प आएको बारे जानकारी दिने गर्दछ भने स्प्रिङबाट निर्माण गरिएको दोस्रो सूचकले भूकम्पका ठाडा र तेर्सा दुवै तरङ्गलाई केन्द्रीय भू–आकर्षण सिद्धान्तका आधारमा जानकारी गराउने निर्माण टोलीका सदस्य सुनिल यादवले जानकारी दिए । 
 
कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले सो सूचक यन्त्रलाई सुपथमूल्यमा बजारमा ल्याउने जानकारी दिए । विद्यार्थीले निर्माण गरेको पहिलो सूचक यन्त्रको मूल्य एक हजार रुपैयाँ र दोस्रो सूचक यन्त्रलाई भने एक हजार ५०० रुपैयाँ पर्ने बताइएको छ । रासस 

Popular Posts

Like us on Facebook

Flickr Images