क्षेत्रपाटीमा अनुगमन थालेपछि औषधि व्यावसायीको भागाभाग

सरकारी अनुगमन टोली आइतबार क्षेत्रपाटीमा पुगेपछि सो क्षेत्रका औषधि व्यवसायीमा भागाभाग भएको छ । अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरिएको मेडिकलहरूमा शिलबन्दी गरिएको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले इखा पुखु र बजगाइ मेडिकलहरूमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी बजार संरक्षण अधिकृत शिला सापकोटाले अनलाइनखबरलाई जानकारी दिइन् ।इखा पुखु, बजगार्इँ, रितेश लगायत अधिकांश मेडिकल पसल धनीहरु अनुगमन टोलीलाई देख्नेवित्तिकै सटर बन्द गरेर भागेका थिए । बन्द गरेर भागेकालार्इ शिल गर्न थालेपछि रितेस फर्मासिटिकल्सका सञ्चालकले भने पसल खोलेका थिए । क्षेत्रपाटीका इखा पुखु फर्मासिटिकल्स र बजगार्इँ फर्मासिटिकल्सलार्इ अनुगमन टोलीले शीलबन्दी गरी तीनदिनभत्रि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा प्रष्टिकरणसहिउ उपस्थित हुन अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीले निर्देशन दिए ।
टोलीले क्षेत्रपाटीमा सुगम, एमएच र फेम्जा फर्मास्यूटिकल्समा मात्र अनुगमन गर्न भ्याएको थियो । ती संस्थाहरूमा सरसफाइमा कमजोरी देखिएकाले विभागले सुधारका लागि निर्देशन दिएको छ ।
औषधि व्यावसायी संघमार्फत् अनुगमनमा आउनुपर्ने धारणा राखेका छन् । संघका केन्द्रिय सदस्य रामेश्वर श्रेष्ठले सरकारले व्यवस्थितरूपमा अनुगमन गर्नुपर्ने बताए ।
क्षेत्रपाटीपछि अनुगमन टोली टिचिंग अस्पतालस्थित संग फर्मामा पुगेको थियो । सो फर्मामा असाध्यै फोहोर भेटियो । अनुगमन टोलीले अाैषधिजस्तो संवेदनशील कुरालार्इ यसरी फोहोर नराख्न निर्देशन दियो । त्यसैगरी, टिचिंगकै वेल्फेयर फर्मासिटिकलमा पनि टोलीले अनुगमन गरेको छ । सो सलमा कुनैपनि कैपफिउयत नभेटिएको अनुगमन टोलीका संयोजक अधिकारीले बताए ।
टिचिंगपछि अनुगमन टाेलीले चावहिलमा रहेकाे चारू मेडिकल सेन्टरमा पुग्यो ।  सो पसलमा अनुगमनकाे क्रममा टाेलीले मेडिकलबाट डाक्टरकाेबिना सिफारिस बिक्री गर्न नपाईने अाैषधी बिक्री वितरण र विवरण पनि स्पष्टनराखेकाे भन्दै सिलबन्दी गर्दै विभागमा तीन दिन भित्र स्पष्टीकरण पेशगर्न निर्देशन भएकाे छ।
त्यसैगरी, अनुगमन टाेलीले मेडिकल क्लाेनाज, लाेरी , जाेलियम, क्लाेजेप जस्ता लागू अाैषधी जपत गरेकाे जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत सिला सापकाेटाले जानकारी गराईन। साथै मेडिकलले अाैषधी बिक्रि वितरण गर्दा खरिद कर्ताकाे नाम पनि लेखन्ने नगरेकाे फेला परेकाे हाे।
अनुगमनमा अापूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन, उपभोक्ता वादी, स्वास्थविभाग र मन्त्रीका स्वकिय सचिवालयका प्रतिनिधित्व रहेका थिए। साथै टाेलीले टिचिङ अस्पताल अगाडि रहेकाे संगअाैषधी, वेयलफेयर्स अाैषधि, र चावेलमा रहेकाे अदिप समेत सरसफाईमा ध्यान दिन निर्देशन भएकाे छ।
अाैषधिमा लापरबाही गर्नेलार्इ कुनैपनि हालतमा कानूनी दायरामा ल्याएरै छाड्ने अनुगमन टोलीका संयोजक अधिकारीले बताए ।

दुई राप्रपाको एकता तयारीः अध्यक्ष थापा, राजतन्त्रबारे महाधिवेशनले निर्णय गर्ने

राप्रपा नेपाल र राप्रपा पार्टी एकता नजिक पुगेका छन् । पार्टी एकताबारे वार्ता गर्न गठित दुई दलीय समितिले पार्टी एकताबारे नीतिगत र संरचनागत विषयमा सहमति नौबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका वार्ता समितिका संयोजक बुद्धिमान तामाङले १० रेक्टरको भूकम्पले पनि असर नगर्ने गरी पार्टी एकताको जग बनेको दाबी गरे । राप्रपा नेपालका वार्ता समितिका संयोजक राजिव पराजुलीले अब ढिलोमा दुई साताभित्र पार्टी एकताको घोषणा भइसक्ने दाबी गरे ।
वार्ता टोली स्रोतका अनुसार नौबुँदे सहमतिमा संघीयता, संवैधानिक राजतन्त्रबारे महाधिवेशनले टुंगो लगाउने उल्लेख छ ।
सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सपेक्ष हिन्दुराष्ट्रमा पनि वार्ता टोलीले सहमति जुटाएको छ । संविधानमा राप्रपाले धर्म र राप्रपा नेपालले धर्म, गणतन्त्र, र संघीयताबारे फरक मत दर्ता गरेकाले पार्टी एकतापछि संविधानको आलोचनात्मक समर्थन गर्ने पनि वार्ता टोलीको सहमति छ ।
यस्तै पार्टीको नेतृत्वबारे पनि सहमति भएको छ । ‘अध्यक्षमा राप्रपा नेपालका वर्तमान अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष रहने समझदारी भएको छ’ वार्ता टोलीका एक सदस्यले अनलाइनखबरसँग भने ।
दुबै पार्टीबाट १५०/१५० जना रहने गरी संयुक्त केन्द्रीय समिति बनाउने समझदारी पनि वार्ता टोलीले गरेको छ ।
वार्ता टोलीले भोलि दुबै पार्टीका अध्यक्षलाई संयुक्त रुपमा सहमति बुझाउनेछ । र, दुबै पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि एकता प्रक्रिया अघि बढ्नेछ ।
तर, वार्ता टोलीमा केही विमति देखिएको र नेता प्रकाश चन्द्र लोहनी असन्तुष्ट रहेकाले एकता प्रक्रिया सहजै अघि बढ्नेमा शंका रहेको एक नेताले बताए । स्रोतले भन्यो, एकता हुनुपर्छ भन्नेमा एकमत छौं । तर, प्रक्रियाका विषयमा विमतिहरु छन् । यसले दरार ल्याउन सक्छ ।’

मेस्सी असफल ! रोनाल्डोले जिते पहिलो अन्तराष्ट्रिय उपाधि

क्रिष्टियानो रोनाल्डो सफल भए, लिओनल मेस्सी असफल, किनकी उनले पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेका छन् ।
आफ्नो पुस्ताका उत्कृष्ट फुटबलर रोनाल्डो र मेस्सी दुबैले क्लब फुटबलमा जित्न बाँकी केही छैन । तर, देशका लागि ठूलो उपाधि दिलाएन सकेका थिएनन् ।
मेस्सी केही दिन अघि मात्र कोपा अमेरिकाको फाइनलमा चुके । अर्जेन्टिना चिलीसँग पेनाल्टीमा पराजित हुँदा मेस्सीले नै पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।
तर, रोनाल्डो सफल भए । पोर्चुगलले फ्रन्सलाई १-० ले पराजित गरेको छ र पहिलो अन्तराष्ट्रिय उपाधि जितेको छ ।
पोर्चुगल दुई पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो भने युरो २००४ को फाइनलमा हारेको थियो । तर, अब १३ औं अन्तराष्ट्रिय प्रतियोगितामा पोर्चुगल सफल भएको छ ।मेस्सीको अर्जेन्टिना, जसको फुटबल इतिहास गर्बिलो छ । दुई पटक विश्वकप र १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । तर, १९९३ देखि उपाधिविहीन छ र मेस्सी र उनको टिम पछिल्लो पाँच मध्ये चार पटक कोपा अमेरिकाको उपविजेतामा सिमित रहृयो भने २०१४ को विश्वकपको फाइनलमा पनि पराजित भयो ।
पछिल्लो कोपा अमेरिकाको फाइनलमा व्यहोरेको हारपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसककेका छन् । र, अन्तराष्ट्रिय फुटबलको उपाधि जित्ने अबसर गुमाएका छन् ।
सात महत्वपूर्ण प्रतियोगिता खेलेको रोनाल्डो भने अहिले आएर सफल भएका छन् र, पोर्चुगललाई पहिलो उपाधि दिलाएका छन् ।
भलै चोटका कारण रोनाल्डोले २५ औं मिनेटमा मैदान छाडे, यहाासम्मको यात्रामा उनको कप्तानी र प्रेरणादायी भूमिका रहेको छ ।

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि

आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ ।
अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो ।
सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसाग ठोक्किएर घुाडामा चोट बोकेका उनी केहीबेरपछि रुादै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए ।
तर, उपाधिको दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिलाई सदुपयोग गर्न सकेन । उसो त घरेलु टोली निर्धारित ९० मिनेटको खेलमा नै विजेता झण्डै बनेको थियो । तर, उसका रफायल गेनियाकको प्रहार पोष्टमा लाग्न पुग्यो ।
१०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फि्रकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।

फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट बल हानेका थिए । र, फ्रान्सेली किपरले बलतर्फ डाइभ पनि हानेका थिए तर, बलले निकै लोभलाग्दोसाग जाली चुम्यो ।
उसो त खेलमा फ्रान्सले अन्य केही सुन्दर मौकाहरु पनि खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी गि्रजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए ।
२००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।
एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

मधेसी मोर्चाका नेताले भने- ओली सरकार ढाल्नेलाई निःशर्त सघाउँछौं

मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नेलाई मधेसी मोर्चा निःसर्त समर्थन गर्न तयार रहेको बताएका छन् ।
उनले भनेका छन्, सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होइन र यो खेलमा हाम्रो चासो पनि छैन ।’
महासचिव सुमनले अघि भने, ‘भावनात्मक रुपमा हाम्रा ६२ जना भन्दा बढीलाई गोली ठोकेर हत्या गर्ने, झुठा मुद्दा लगाउने, उपचार समेत नगराउने, वार्ताको नाटक गरिरहने प्रधानमन्त्रीबाट मुलुकलाई उन्मुक्ति दिन एक धक्का कसैलाई पनि समर्थन गर्न हामी तयार छौ ।’
तर, आफूहरु सरकारमा भने नजाने उनले दाबी गरे ।

तीजको कोसेली मार्फत सिड्नी-नेपाल र अमेरिका जोड्दै शान्ति

एक समय लोक गायन र मोडलिङ क्षेत्रमा जगजगी नै थियो नेपालमा शान्ति भण्डारीको । तर बिबिध कारण उनी अमेरिका पलायन भइन । १० बर्षदेखी उनी अमेरिकामा बस्दै आइरहेकी छन । तन उता भएता पनि उनको मन र भाबना भने नेपाली गीत संगीतबाट टाढीएको छैन, ‘कसरी भाग्न सक्छु यो क्षेत्रबाट ? यसले नै नाम दियो...

फागुन १४ गते स्ववियु चुनाव गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति तोकेको छ ।
आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो ।
स्ववियु चुनाव २०६५ सालयता भएको छैन । क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए ।
उमेर विवाद मिलाउन समिति गठन
त्रिवि सभाको बैठकमा विद्यार्थी नेताहरुलाई पनि बोलाइएको थियो ।
स्ववियु चुनावमा उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य छन् ।
समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चले पनि सहमति भइनसकेको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिए ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ ।
स्ववियु चुनावमा २८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई भाग लिन नदिन अनेरास्ववियु र अखिल क्रान्तिकारी सहमत भए पनि नेविसंघले विरोध जनाएको छ ।

Popular Posts

Like us on Facebook

Flickr Images